• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा राष्ट्रिय लोक नृत्य छनौट, गोरखा मावि घोराही प्रथम




निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन) काे आयाेजनामा हुन थालेकाे राष्ट्रिय लाेक नृत्य प्रतियोगिताका लागि प्याब्सन दाङले जिल्ला स्तरीय छनाैट प्रतियाेगिता सम्पन्न गरेकाे छ ।

आज शनिबार दाङकाे घाेराहीमा आयाेजित एक कार्यक्रमका बिच लाेक नृत्य छनाैट कार्यक्रम सम्पन्न गरेकाे हाे ।

छनाैट चरणमा गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलका विद्यार्थी प्रथम, ज्याेतिष्मति विद्यापीठका विद्यार्थी द्वितीय र गाेरखा मावि तुलसीपुरका विद्यार्थी तृतीय भएका थिए ।

कार्यक्रममा स्पेसल जुरी डा. गाेविन्द आचार्य, प्याब्सन दाङका प्रमुख सल्लाहकार रेशमबहादुर बुढा, प्याब्सन दाङका बरिष्ठ सल्लाहकार शरदकुमार शर्मा, लम्बाेदर लामिछाने लगायतले मन्तव्य राखेका थिए ।

प्रस्तुत नृत्यकाे निर्णायक मण्डलमा स्पेसल जुरी डा.गाेविन्द आचार्य, संयाेजक राजेन्द्रकुमार श्रेष्ठ तथा सदस्यहरू धिरज देव र चाहाना झाँक्री रहेका थिए ।

कार्यक्रम प्याब्सनका दाङका अध्यक्ष मधुसूदन केसीकाे अध्यक्षता तथा प्याब्सन दाङका बरिष्ठ सल्लाहकार तथा निवर्तमान केन्द्रीय सदस्य केशव थापाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे ।

प्याब्सन दाङका बरिष्ठ उपाध्यक्ष विजय जिएमकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।

Facebook Comments