• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गलत प्रचारप्रति माओवादी नेता पुनको आपत्ति




आफूले नबोलेको कुरालाई केही मिडियाले गलत प्रचार गरेको भन्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं केन्द्रीय कार्यालय इञ्चार्ज बर्षमान पुन ‘अनन्त’ले आपत्ति जनाउनुभएको छ ।

निर्वाचन खर्चिलो भयो, निर्वाचन प्रणाली सुधार गरौं भन्ने सन्दर्भमा एक जना पत्रकारले लेखेको कुरालाई उल्लेख गरेको प्रसंगलाई नियोजित प्रचार गरिएको भन्दै उहाँले यसमा आपत्ति जनाउनुभएको छ ।

‘मेरो अन्तर्बार्ताको पूर्णपाठ हेरेर मात्र प्रतिक्रिया दिन सबैमा हार्दिक अनुरोध गर्दछु’– नेता पुनले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ ।

एक अन्तर्वार्तामा पत्रकारले निर्वाचन महंगो बनाउन जनता पनि भ्रष्ट भए नि, यसमा जनताको दोष छैन भन्ने सन्दर्भमा गरेको प्रश्नमा नेता पुनले यो निर्वाचन प्रणाली नै महंगो छ, यसलाई बदल्नुपर्छ भन्ने आशयको जवाफ दिएको बताउनुभएको छ । यसलाई गलत अर्थ लगाएर केही अनलाइनले नेपालमा नेतालाई भ्रष्ट बन्नबाट रोक्ने हो भने जनता भ्रष्ट बन्नुहुन्न भन्ने आशयका समाचार लेखेका थिए ।

Facebook Comments