• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मिटरब्याज नियन्त्रणमा कडाइ गर्दै सरकार, भदौ ५ सम्म निवेदन माग




गृह मन्त्रालयले मिटरब्याजी पीडितहरुसँग उजुरी दर्ता गर्न आह्वान गरेको छ। मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै आगामी ५ भदौसम्म आफ्नो जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी दिन आग्रह गरेको हो।

सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै पीडितहरुबाट उजुरी आह्वान गरेको हो। ‘मिटरब्याजपीडित व्यक्तिहरुबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आ–आफ्नो जिल्लास्थित प्रशासन कार्यालयमा ५ भाद्रभित्र यथासम्भव बढी तथ्य र प्रमाणसहित उजुरी दर्ता गर्नुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ,’ मन्त्रालयद्वारा जारी सुचनामा भनिएको छ।

गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा. भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरी मिटरब्याजी अपराधमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए।

Facebook Comments