• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सबै युवा मिलेर राप्ती गाउँपालिकालाई देशकै नमूना पालिका बनाउनुपर्छ: अध्यक्ष बिष्ट




जगत खनाल / राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले सबै युवा मिलेर राप्ती गाउँपालिकालाई देशकै नमूना गाउँपालिका बनाउनुपर्ने बताउनु भएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा आयोजित बृक्षारोपण कार्यक्रमको समापन गर्दै अध्यक्ष बिष्टले सो कुरा बताउनु भएको हो ।

” युवा भनेको वायु हो युवाशक्तिले चाहेमा जस्तो सुकै परिवर्तन गर्न सकिन्छ राप्ती गाउँपालिकाका सवै युवाहरूलाई समाबेश गरि नमुना गाउँपालिका वनाउनु पर्छ ” अध्यक्ष बिष्टको भनाइ रहेको थियो ।

सबै युवाहरूलाई गलत कार्य गर्नबाट रोकि नमुना काम गर्न उत्पेरित गर्ने पनि बताउनु भएको थियो ।

उक्त समापन कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष वीर बहादुर चौधरी , वडा नम्बर ५ का वडा अध्यक्ष देब प्रसाद चौधरी , वडा नम्बर ८ का वडा अध्यक्ष चन्द्र बहादुर गुरुङ , माबी मौरिघाटका बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष हुकुम बहादुर बस्नेत लगायत ले आफ्नो बिचार राख्नु भएको थियो ।

कार्यक्रमको संचालन शिक्षा , युवा तथा खेलकुद शाखा प्रमुख बिश्वास बिकले गर्नु भएको थियो ।

Facebook Comments