दाङ,२७ साउन । त्रिभुवननगर जेसीजले प्रत्येक बर्ष प्रदान गर्दै आएको यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार–२०२२ तेक्वान्दोे खेलाडी सुनिता विष्टलाई प्रदान गरेको छ ।
घोराही उपमहानगरपालिका–१७ निवासी लामो समयदेखी तेक्वान्दो खेलमा साधनरत रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक हासिल गरी दाङ जिल्ला तथा सिंगो राष्ट्रको शिर उच्च बनाउ सफल भईकी बिष्टलाई पुरस्कार प्रदान गरेको हो ।
बिष्ट २०५६ साल असार ३० गते रोल्पाको लुंग्री गाउँपालिका–८ गुम्चलमा बुबा जगत बिष्ट र आमा ज्ञानु बिष्टको कोखबाट दोस्रो सन्तानका रूपमा जन्मिएकी हुन् । उनका एक दिदी, एक बहिनी र दुई भाइहरू छन् ।
रोल्पाको लुंग्रीमा रहेको जनजागृती प्राथमिक विद्यालयबाट औपचारिक पढाई सुरु गरेकी बिष्टले ३ कक्षासम्म सोही विद्यालयमा पढिन् । त्यसयपछि कक्षा ४ र ५ कपिलवस्तु जिल्लाको आदर्श प्राथमिक विद्यालयमा पढेकी उनले ६ कक्षादेखि १० सम्म घोराही उपमहानगरपालिका–१० मा रहेको जनजागृति माध्यमिक विद्यालय लुम्डरुवामा पढिन् ।
लमडरुवाबाट एसएलसी पास गरेकी बिष्टले घोराहीमा रहेको पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयबाट व्यवस्थापन संकायमा प्लस टु पास गरिन् । अहिले तेक्वान्दो खेलाडी बिष्ट घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा स्नातक तहमा अध्ययनरत छिन ।खेल क्षेत्रमा क्रियाशील बिष्टले खेलका क्रममा तथा पढाइको समयमा विद्यालयबाट धेरै पुरस्कार तथा सम्मान प्राप्त गरेकी छिन् । बिष्ट दाङ जिल्ला तेक्वान्दो संघकी कार्यसमिति सदस्य, अल्फा तेक्वान्दो डोजाङलगायतका संघसंस्थाहरूमा आबद्ध रहेकी छिन् । उनी अहिले आफ्नो करिअर तथा खेल क्षेत्रको विकासका लागि क्रियाशील छिन् ।
उक्त पुरस्कार यसअघि सविन प्रियासन, उर्मिला चौधरी, बिरुभाई ब्रजाचार्य,डा. अरविन्द्र भुसाल, प्रदीप मजगैया र कुलदीप न्यौपानेलाई प्रदान गरिएको थियो ।
त्रिभुवननगर जेसीज घोराहीका अध्यक्ष विवेक आचार्यको अध्यक्षता तथा राज्यमन्त्री– उर्जा, सिचाई तथ जलस्रोत मन्त्रालय अर्जुन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो ।
फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।