• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विश्वशान्तिको कामना गर्दै दाङका जेष्ठ नागरिकले लगाए रुद्री




विश्वशान्तिको कामना गर्दै दाङको घोराहीमा जेष्ठ नागरिकले रुद्री लगाएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थित जेष्ठ नागरिक दिवा मिलन केन्द्रमा बिहीबार रुद्री लगाइएको हो ।

जेष्ठ नागरिक दिवा मिलन केन्द्र र पतन्जली योग समिति घोराहीको संयुक्त आयोजनामा मानव धर्म बचाउन तथा विश्व बन्धुत्व कायम गर्न रुद्री लगाईएको केन्द्रका अध्यक्ष चित्रकान्त आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार, विश्वमा पछिल्लो समय देखा परेको विभिन्न प्रकारका रोग तथा मानिसको स्वास्थ्यमा देखा परेको असर कम गर्न र हत्या हिंसा विरुद्ध मानव धर्म कायम गर्ने लक्ष्यका साथ प्रकृति बचाउन रुद्री लगाईएको हो ।

रुद्री पाठमा जेष्ठनागरिक, स्थानीय सरकारका जनप्रतिनिधि, टोलबासी, सरोकार निकायमा प्रतिनिधिलगायतको उपस्थिती रहेको थियो ।

नेपालसहित विश्व शान्ति र विकासको कामना गर्दै लगाइएको रुद्रीले जल, जमीन, जंगलसँगै वातावरण सन्तुलनमा पनि मानव जीवन जोडिनुपर्ने कामना गरिएको उहाँले बताउनुभयो ।

जेष्ठ नागरिक दिवा मिलन केन्द्र २०७४ सालमा स्थापना भएपछि नियमित रुपमा जेष्ठ नागरिकले विभिन्न खालका रचनात्मक कार्यक्रम गर्दै आएका छन् भने दैनिक भजन किर्तन पनि गर्ने गरेका छन् ।।

Facebook Comments