• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिगमनको खतरा नटरेकोले गठबन्धन आवश्यक छ: मल्ल




नेकपा माओवादीका स्थायी समिति सदस्य काली बहादुर मल्लले प्रतिगमनको खतरा नटरेकोले गठबन्धन आवश्यक रहेको बताएका छन ।

केपी बाहेकको बाम गठबन्धन सुनिश्चित भन्दै उनले दोस्रोमा काग्रेशसंग गठबन्धन हुने बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरविरोधका कारण यो बेला मिलेर जानुपर्ने बताएका उनले प्रतिगमनकारी वलीलाई सत्ताच्युत हुदै राष्ट्रिय सभा शून्य र स्थानीय तहमा पत्तासाप गर्न नै गठबन्धन आवश्यक परेको बताएका हुन ।

उनले भने: “स्थानीय तहका अन्तरविरोध र समस्याका कारण गएको निर्वाचनमा सोचेजस्तो नभएपनि अवका दिनमा परिवर्तन बचाउनका लागि गठबन्धन आवश्यक छ ।”

पार्टीको सल्यान बैठकलाई सम्बोधन गर्दै कर्णाली प्रदेश ईन्चार्ज समेत रहेका मल्लले नेतृत्वप्रति कार्यकर्ताले विश्वास लिनुपर्ने बताए ।
माओवादी पार्टी सानो नभएको भन्दै फुटेर गएकाहरूपनि जोडिनेक्रममा भएकाले जनयुद्धका उपलब्धि संस्थागत गर्न र अगाडि बढ्न प्रचण्डको नेतृत्व अझै आवश्यक भएको बताएका हुन ।

उनले कार्यकर्तालाई मतदाताको अवस्था, जनवर्गीय संगठन र मोर्चाका कार्यक्रम व्यापक बनाउनुपर्ने भन्दै चुनाव कसरी जित्ने त्यो मुद्दामा केन्द्रित हुन आग्रह गरे ।

अन्तरविरोधको हल नगर्दा कर्णालीका जित्नसकिने पालिकाहरूमा हार्नुपरेकोले अवका सबै अन्तरविरोध हल गरेर जानुपर्ने निर्वाचनमा जानुको विकल्प नरहेको उनले बताए ।

पार्टीका पोलिटव्युरो सदस्य टेकबहादुर बस्नेतले बैठकलाई निर्वाचनको समीक्षा र तयारीको बैठक भएको भन्दै त्यसमा लाग्न निर्देशन गरे ।

कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पहिलो पार्टी हुन नसक्नु कमजोरी भएको भन्दै समस्या विर्सेर नयाँ ढंगले अघि बढ्नुपर्ने बताईन ।
पार्टीका जिल्ला समन्वय प्रमुख कृति बहादुर पुनले सहजिकरण गरेको कार्यक्रममा पालिका अध्यक्षहरूले रिपोर्टिङ गरेका थिए ।

Facebook Comments