घोराही, २६ साउन । घोराहीमा रहेको भिएन स्कूलका विद्यार्थीहरुलाई एक दिने निःशुल्क दन्त परिक्षण गरिएको छ ।
भिएन स्कूलका प्राचार्य रामजनम चौधरीले विद्यलायको नियमित स्वास्थ्य चेकजाँच अन्तर्गत आज पहिलो पटक दन्त परिक्षण शुरु गरिएको बताए । उनले पछिल्लो समयमा जङफुटको प्रयोगका कारणले विद्यार्र्थीहरुमा दाँत सम्बन्धी विभिन्न समस्याहरु बढ्दै गएको र त्यो समस्या बढ्न नदिन विद्यालयमै निःशुल्क एक दिने दन्त शिविर चलाएको जानकारी दिए ।
उक्त शिविर तथा परिक्षणबाट विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा १० सम्मका ३ सय ५० जना विद्यार्र्थीहरु प्रत्यक्ष लाभान्वित हुने र विद्यार्थीहरुमा दाँत सम्बन्धी देखिने समस्याको बारेमा जानकारी गइराइएको विद्यालय प्रशासनले जनाएको छ ।
हिमाल डेन्टल केयरमा कार्यरत डा.मधु सुदन शर्माले अहिलेको समयमा दाँत तथा मुख सम्बन्धी रोगहरु दिनप्रति दिन बढ्दै गइरहेको बताए । उनले यस्तो समयमा नियमित रुपमा दन्त परिक्षण र उपचार गर्नुपर्नेमा जोड दिए ।
पछिल्लो समय विशेष गरेर ८० देखि ९० प्रतिशत जनसंख्यामा केही न केही दाँत सम्बन्धी समस्याहरु देखिने गरेको हुँदा वर्षमा ६ / ६ महिनामा दुई पटक दन्त चिकित्सकमा गएर दाँत तथा मुखको चेकजाँच गर्न डा. शर्माले सबैमा अनुरोध समेत गरेका छन् ।
फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।