• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्र बैंकको नीतिले १५ प्रतिसतसम्म व्याज बढ्दा ऋणीहरु मर्कामा परे : चेम्बर




नेपाल राष्ट्र बैंकको नीतिले मुलुकमा व्यवसायिक वातावरण झन बिग्रन थालेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । बैंक, बित्तिय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना साना ऋणीहरु सबै भन्दा बढी मर्कामा परेको चेम्बरको ठहर छ ।

राष्ट्र बैंकबाट जारी भएको चालु पुँजी कर्जा सम्बन्धी मार्ग दर्शन २०७८ को मस्यौदाबाट चालु पुँजीलाई कडाइ गर्र्ने संकेत देखिएको भन्दै यसले ब्यापार सहजी करण तथा लगानी मैत्री वतावरणमा गम्भिर असर गर्ने चेम्बरले जनाएको छ ।

केन्द्रीय बैंकको अधिकांश नीतिहरु बैंक बित्तिय संस्थालाई मात्रै पोस्ने खालको भएको चेम्बरले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

चेम्बरले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘एक करोड रुपैयाँ सम्मको चालु पुँजीको कर्जाको सीमा निर्धारण बिक्रीको अधिकतम २० प्रतिशत सम्म मात्रै रहने व्यवस्थाले बजारमा लामो समय सम्मका लागि उधारोमा हुने बिक्री तथा दशैं तिहारको बेलामा मात्र ५० प्रतिशत बिक्री हुने सामानका लागि राख्नुनर्पे मौज्दात अहिलेको प्रस्तावित सिमाले पुग्दैन । वार्षिक कारोबार बिक्रीको ५० प्रतिशत सम्म यो सिमा कायम गरिनु पर्दछ, ।’

राष्ट्रबैंकको मौद्रिक नीतिले ऋणीहरु असाध्यै मर्कामा परेकाले व्याजदरमा पुनरावलोकन गर्न पनि चेम्बरले आग्रह गरेको छ । आधार दरमा गरिएको अस्वभाविक वृद्धिका कारण निश्चित आय भएका ऋणहरु सवैभन्दा बढी मर्कामा परेको चेम्बरको ठहर छ ।

चेम्बरले भनेको छ, ‘यसअघि निश्चित व्याजदरमा कर्जा लिएका ऋणीहरु राष्ट्रबैंकको नीतिका कारण थप समस्यामा परेका छन् । अधारदर अस्वभाविक रुपमा बढ्दा यसको मार ऋणीहरुमा परेको छ, ।’

Facebook Comments