• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यार्थी कुट्ने शिक्षकमाथि कारबाही गर्न माग




अखिल क्रान्तिकारी दाङले विद्यार्थी कुट्ने शिक्षकमाथि कारबाहीको माग गरेको छ ।

सो संगठनका जिल्ला संयोजक गिरबहादुर महराले प्रेस विज्ञप्ति जारी यस्तो माग गर्नुभएको हो ।

यस्तो छ बिज्ञप्तिको पूर्ण पाठ:
राजपुर गाउँपालिका जनज्योती मा.वि. वेला कक्षा १२ मा अध्ययनरत विद्यार्थी मन्साराम यादवलाई उक्त विद्यालयमा अध्यापनरत निमावि, राहत शिक्षक पाटेश्वर यादवले आफ्नो छोरी सुनिता यादवसँग प्रेम सम्बन्धमा रहेको भन्दै योजनावद्द रुपमा निर्घात कुटपिट गरि गम्भिर घाइते बनाएको घटना प्रति हाम्रो गौरवशाली विद्यार्थी संगठन अखिल (कान्तिकारी) दाङको गम्भिर ध्यानाकर्षण भएको छ ।

शिक्षक पाटेश्वर यादवले आफ्नी छोरी सुनिता यादवलाई प्रयोग गरी छोरीको मोवाइल वाट छोरीलाई नै फोन गर्न लगाएर जसरी हुन्छ नाच हेर्न वेला चोकमा वोलाई ज्यान मार्ने उद्धेश्यका साथ निर्घात कुटपिट गरि गम्भिर घाइते बनाएको कुराले हामीलाई दुखी तुल्याएको छ । घटना पछि म चोरी गर्न आएको थिएँ, चोरी गर्ने क्रममा घरधनीले फेला पारेको र सामान्य कुटपिटबाट सामान्य चोट पटक लागि घाइते भएकाले कहिँ कतै उजुरी गर्ने छैन भनि नक्कली कागज बनाई घटनालाई सामान्ययीकरण गर्न खोजेको प्रति खेद प्रकट गर्दै घटनामा संलग्न सवैलाई तत्काल प्रकाउ गरि कानुनी दायरामा ल्याउन हार्दिक अनुरोध गर्दछौ । यस अघि पनि विभिन्न घटनामा विवादित रहेका उक्त शिक्षकलाई कडा भन्दा कडा कार्वाही गरि तुरुन्त बर्खास्त गर्न सम्वन्धित पक्षलाई हार्दिक अनुरोध गर्दछु ।

साथै नेपालगञ्ज नर्सिङ होममा उपचारत घाइते विद्यार्थी मन्साराम यादवको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको सम्पूर्ण खर्च पिडित परिवारलाई उपलब्ध गराउन हुन सम्वन्धित पक्षलाई हार्दिक अनुरोध गर्दछौ ।

कान्तिकारी अभिवादन सहित ।

गिरबहादुर महरा
(संयोजक)
अखिल (क्रान्तिकारी) दाङ

Facebook Comments