• ६ माघ २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पच्चीस बर्षदेखि रोगसँग लडिरहेकी चन्द्रकलाको याचना– उपचार पाए, बाँच्ने मन छ !




निराजन सिर्पाली

रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ४ दादिङ निवासी चन्द्रकला बुढा विगत २५ वर्षदेखि पत्ता नलाग्ने रोगले थलिनुभएको छ ।

६५ वर्षीय बुढाले आफुले उपचार गर्दा पनि रोग पत्ता नलागेकाले आफूहरु पनि थाकिसकेको र आर्थिक अबस्थामा पनि निकै कमर भएकाले कसैले सहयोग गरे उपचार गरेर आफू ठिक हुने इच्छा व्यक्त गर्नुभएको छ ।
आहिले उहाँ हिड्न र सुत्न पनि सक्नुहुन्न दिनरात बसेरै उहाँको दैनिकी बितिरहेको छ । हिड्न नसक्दा दिसापिसाब गर्न पनि निकै गार्‍हो भएको छ ।

२५ वर्ष यता उहाँको खुट्टामा घाउ हुने चिलाउने अनि बिस्तारै मासु कुहिएर गल्ने समस्या देखापर्ने गरेको छ । योभन्दा अगाडि बायाँ खुट्टामा पनि उस्तै समस्या थियो । धेरै औषधि उपचार र अप्रेसन गरेर खुट्टा काटेपछि भने त्यो खुट्टा ठिक भएको तर फेरि सोही समस्या अर्को दाहिने खुट्टामा देखा परेपछि अब कसरी उपचार खर्च जुटाउने र उपचार गर्ने भन्ने अर्को तनावमा परिवार डुबेको उहाँकी बुहारी गौचना बुढाले बताउनुभयो ।

अहिले उहाँको दैनिकी एउटा कारागारमा बस्ने कैदी भन्दा पनि नाजुक अबस्थामा छ ।

उहाले भन्नुभयो– ‘एक दुई दिन बिरामी हुदा त सबैलाई कति अप्ठ्यारो हुन्छ, म त झन विगत २५ वर्षदेखि न त आरामले सुतेको छु, न त कुनै रमाइलो दिनहरु आएको महशुस भएको छ ।

भक्कानिदै उहाँले भन्नुभयो– म मर्न पनि नसकिने तर बाँच्दा यो घाउँले पिरोल्दा समाहाल्लिन नसकिने अवस्थामा पुगेकी छु । उहाँ मेरो जस्तो दुःख र यो रोग दुश्मनलाई पनि नलागोस् भन्दै दिनप्रतिदिन रोइरहनुभएको छ ।

अब ६५ वर्षीय चन्द्रकला र उहाँको परिवारलाई एउटै आशा छ कसैले सहयोग गरे यो दुःखबाट मुक्त हुने ।
उहाँलाई सहयोग गर्न चाहनेले निम्न नम्बरमा सम्पर्क गर्न सकिने छः
९७७९८१२८६८४८०
ं९७७९८४५२०३७८१

Facebook Comments