जगत खनाल
नेपाल शिक्षक महासंघ राप्ती गाउँपालिकाले विभिन्न माग सहित राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेपाल शिक्षक महासंघ राप्ती गाउँपालिका अध्यक्ष कुलराज जैसिको नेतृत्वमा गएको एक टोलिले आज अध्यक्ष प्रकाश बिष्टलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
उक्त ध्यानाकर्षण पत्रमा यस गाउँपालिका अन्तरगतका कक्षा शिशु देखि १० सम्मका सवै परिक्षाहरुको संचालनको जिम्मा गाउँपालिकाले लिने व्यवस्था गर्न , गाउँ शिक्षा समिति अबिलम्ब गठन गर्न , शिक्षा सम्बन्धि नीति विधि, निर्देशिका निर्माण , संसोधन वा अद्याबधिक गर्दा शिक्षक महासंघ सहित पेशागत घटकका प्रतिनिधिको उपस्थिति अनिवार्य गर्न पनि सो ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
यस्तै राप्ती गाउँपालिका स्तरीय परिक्षा समिती गठन गर्दा शिक्षक महासंघ सहित पेसागत घटकका प्रतिनिधिहरुको उपस्तिथिमा गठन गर्न, निजि स्रोतमा कार्यरत शिक्षकहरुको सम्बन्धमा विशेष ध्यान पुराउन , निस्शुल्क शिक्षाको पुर्नरुपमा कार्यान्वयन गर्दै कुनै पनि शिर्षकमा तथा बाहानामा शुल्क उठाउन प्रतिबन्ध लगाउन र शैक्षिक सुशासन र गुणस्तरीयता कायम गर्न बिद्यालयहरुमा तहगत प्राध्यापकको व्यवस्था शिक्षा नियमावली परिच्छेद १७ को नियम ९३ मा व्यवस्था भए अनुरुप गर्न पनि उक्त ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै अध्यक्ष बिष्टले माग जायज र समय सान्दर्भिक रहेकाले आफुले यसै अनुसार काम गर्ने बताउनु भएको थियो । गाउँपालिकाले शिक्षालाई कक्षा १० सम्म निःशुल्क गर्ने गरि अगाडि बढेकाले सम्पुर्ण शिक्षक , शिक्षाप्रेमीहरुले सहयोग गर्न पनि आग्रह गर्नु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।