• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
देविकलाको उपचारका लागि सहयोग संकलन जारी




लोकेन्द्र कठायत
रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १० खर्सुपानीकी देबिकला बुढाको उपचारको लागि सहयोगको याचना गरिएको छ ।

मुटुमा प्वाल परेको र फोक्सोमा पानी जम्मा भएर काठमाडौंमा उपचार गराईरहनुभएकी बुढाको उपचारका लागि आर्थिक अभाव भएको छ । आर्थिक अभाव भएपछि सहयोगको याचना गरिएको हो ।

जिल्ला अस्पताल हुँदै राप्ती प्रादेशिक अस्पताल तुलसिपुर, भेरी अस्पताल बाँकेमा ५ दिन आईसियू र गंगालाल हुँदै मनमोहन कार्डियोथोरासिक भास्कुल अस्पतालसम्म पुर्याउँदा भएको पैसा सकिएको परिवारजनले बताएका छन् ।

अव थप उपचारका लागि आर्थिक अभाव भएको देविकलाका श्रीमान हिरासिंह बुढाले बताउनुभयो । सकेको सहयोग गरेर श्रीमतिको ज्यान बचाईदिन उहाँले आग्रह गर्नुभएको छ । सहयोग गर्न चाहनले नेपाल बैंक लिमिटेड मुसीकोट शाखामा रहेको आफ्नो खाता नम्बर ०७७०१००७२६५०८८०००००१ मा पैसा जम्मा गर्न सक्ने उहाँले बताउनुभयो ।

त्यस्तै सहयोगका लागि मोबाईल नम्बर ९७४६४०५०६५ र ९८६६८७३९२४ मा सम्पर्क गर्न सकिने छ । यसैविच देविकलाको उपचारका लागि विभिन्न ठाउँबाट सहयोग संकलन हुन सुरु भएको छ । विभिन्न व्यक्तिहरुले सकेको सहयोग गरिरहेका छन् ।

Facebook Comments