नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) घोराही उपमहानगरपालिका वडा नं.१६ को वडा कमिटी बैठक सम्पन्न भएको छ । वडा अध्यक्ष भिमविक्रम खत्रीको अध्यक्षता एवं पार्टी केन्द्रिय सचिव भागत विश्वासीको प्रमुख आतिथ्यतामा आज बाघखोर सामुदायिक वनको भवन बाहुनडाँडामा सम्पन्न भएको हो ।
बैठकमा पार्टी कामको समिक्षा गर्दै “पार्टीको विषेश राष्ट्रिय अभियान” लाई वाडमा सफल बनाउन विविध योजना निर्माण गरेको छ ।
उक्त बैठकमा केन्द्रिय सदस्य शारदा स्वर्णकार, केन्द्रिय परिषद सदस्य राम प्रसाद चौधरी, घोराही नगर अध्यक्ष गजेन्द्र सिंह खड्का, पार्टी प्रदेश कमिटी सदस्य एवम पदे्रश २ (ख) का ईन्चार्ज देउमान दमाइ, लगायतले संबोधन गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा (एमाले) का किरण चौधरीको १२ जनाले एमाले परित्याग गरि समाजवादीमा प्रवेश गर्नु भएको छ । नव प्रवेशीहरुलाई पार्टीका केन्द्रीय सचिवले टिकालगाई प्रवेश गराइएकको थियो ।
जिल्ला कमिटी सदस्य झुमा गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको संचालन सचिवालय सदस्य हर्क राज खत्रीले गर्नु भएको थियो ।
आजै घोराही १९ सैघाको वाड भेला सैघाको पलासेमा सम्पन्न भएको छ । वाड ईन्चार्ज रेगबहादुर घर्तीको अध्यक्षतामा र पार्टी जिल्ला अध्यक्ष शुरामणि बेलबासेको प्रमुख आतिथ्यता सम्पन्न भेलाले हुमबहादुर रानाको अध्यक्षता २७ सदस्यीय वाड कमिटी निर्माण गरेको छ ।
भेलालाई पार्टीका २ (क) का ईन्चार्ज विनोद पुन, प्रदेश कमिटी सदस्य कृष्ण दमाइ लगायतले संबोधन गर्नु भएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
