गोविन्द खडका
तरकारी खेतिगर्न जितबहादुर पुन घोराही १८ सेवार खोलाको किनारा सुपैला खुटि पुग्नुभएको छ । त्यहाँ खेतिगर्न योग्य ठाउँ मानेर मसिना बाट पुनको परिवार जानुभएको हो । त्यतै बस्ने रोल्पा मिरुलका शिव बुढा सहित संयुक्त टमाटर खेति थाल्नुभएको छ ।
यसरी टमाटर, काउली, बोडि लगायत नगदेवाली खेतिगर्नेहरु गाउँभरी छन् । खोलाको किनारका खेत देखि जंगलको पुछाराका बारीहरु तरकारी खेतिमा परिणत भएका छन् । स्थानिय अगुवा धर्म हमालका अनुसार हिउँद वर्षा तरकारीखेति गरिन्छ । सिजन र अपसिजन फल्छ । यसको एक मात्र कारण हो, डिपवोरीङको पानी लिफ्टिङ गरेर गाउँमा लगिएको छ । त्यस मार्फत सिँचाई सुविधा पुगेपछि बारी खेतियोग्य भए ।
यतिबेला ५२ घरको १३ विघाह बढि जतिमा खेति हुने गरेको सुपैला खुटी सिचाई उपभोक्ता समतिका अध्यक्ष समेत रहनुभएका हमालको भनाई छ । उहाँका अनुसार गर्मि मौसममा पनि सिँचाई गर्न प्रशस्तै पुग्छ । प्रति मिनेट सात रुपैयाँ पर्छ महशुल लाग्छ । दुई ढाई सय रुपैयाँले एक कठठा जति बारी भिज्छ । सबै खुशी छन् ।
सेवार खोलाको किनारमा करीब ११ मिटर खनेपछि दुई इन्चको पानी निश्कीयो । त्यसलाई लिफ्ट मार्फत गाउँमा फालियो । थ्रिफेसको लाईन खोलामै लगियो । त्यसले सफल बन्यो । अहिले तिनलाखका खेत १८ लाख मुल्य भन्न थालेका छन् । त्यहाँ १५ लाख तलले पाइदैन । यसरी सिँचाई सुविधा पुगेपछि खेतका मुल्य छ गुणा बढे ।
‘यसको दाता हाम्रो कृष्णबहादुर महराजी नै हुनुहुन्छ’ हमालले भन्नुभयो– ‘खानेपानी नपाउने ठाउँमा सिँचाई गर्ने पानी प्रशस्त भयो । उहाँका अनुसार यस क्षेत्रका सांसद एवं पुर्व सभामुख महराले वजेटको व्यवस्था गरिदिएपछि यो हराभरा संभव भएको हो ।
अझै व्यवस्थीत गर्नु बाँकि छ । खोलाले गोलेर बोरिङ पावरहाउस भत्काउने खतरा रहेकाले तटबन्ध गर्नुछ । ठाउँ ठाउँमा च्याम्बर बनाउनु छ । पाईप विस्तार गर्नुछ । यति गरेपछि गाउँलेलाई ढुक्क हुन्छ । अहिले तरकारी उत्पादन र व्यापार व्यवसाय फस्टाएको छ । आफै खेति नलगाउनेहरुले जमिन भाडामा दिएका छन् । टाढा टाढाका खेतिगर्न पुगेका छन् । बाँकि काम पुरा भएपछि दिगोपन हुने र त्यहाँका बासीन्दाले थप लाभ पाउने छन् । विगत चार वर्ष यता जमिनका मुल्य अत्याधिक बढेका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।