• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पर्वतको छहरे झरनामा पर्यटकको आकर्षण बढ्दै




क्रिस भुर्तेल/पर्वत

पर्वतको दक्षिणी भेगमा अवस्थित यो छहरे झरना पैयु गाउँपालिका को वडा नं ५ मा पर्दछ। यस झरना ले पैंयू को पर्यटन मा टेवा पुग्ने देखिएको छ। उक्त छहरे झरना लाई मुख्य पर्यटकीय स्थल मा रुपमा स्थापित गर्न पैयु गाउँपालिका बडा नं ५ का युवाहरुले विगत ५/६ वर्ष देखि पहल गरिरहेका छन्।

यस झरनालाई प्रमुख पर्यटकीय क्षेत्र का रुपमा स्थापित गर्न र पर्यटक आकर्षण हुने बनाउनको लागि २०७७ सालमा गण्डकी प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरिदिएको हो। उक्त बजेटबाट यहाँ हिड्ने सिडि, शौचालय,पैवा लगायतका फोटो खिच्ने ठाउँहरु निर्माण गरिएको हो।

छहरे झरना मा बर्षा याममा टिकटक बनाउने देखि फोटो भिडियो खिच्ने हरुको भिड लाग्ने स्थानिय बासिन्दा घनश्याम न्यौपाने ले बताउनुभयो।

छहरे झरना को सरसफाई गर्नका लागि सोहि झरना स्थित वडाका बडाध्यक्ष निर्भिक नारायण भुर्तेल लगायतका सात जना युवाहरुको सक्रिय सहभागिता मा आज सरसफाई अभियान सम्पन्न भएको छ। छहरे झरना ले पैंयू गाउँपालिका को पर्यटन मा प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।

Facebook Comments