• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्राज्ञिक बिद्यार्थी परिषद्ले घोराहीमा कमिटी विस्तार गर्दै




बिष्णु गाेराथाेकी
घोराही, २१ साउन । प्राज्ञिक बिद्यार्थी परिषद् नेपाल घाेराहीले बिद्यालयमा कमिटी गठन गरेकाे छ । परिषद्ले बिद्यार्थीहरुलाई सक्षम र ब्यक्तित्व निर्माण गर्न सक्ने एक लिडर बनाउने उदेश्यले क्याम्पस तथा बिद्यालयमा कार्यसमिति गठन गठन गरेको हो ।

स्वर्गद्वारी विभाग संगठन सचिव कविराज न्यैपाने, मनिश बन्जाडे र बिष्णु गोराथाेकीकाे प्रशिक्षक टाेलिले नेपाल सन्जीवनी हेल्थ साइन्स घाेराहीका HA दाेस्राे बर्षका विद्यार्थीहरुबीच प्राज्ञिक चिन्तन एवं क्याम्पस इकाई समिति गठन गरेकाे छ ।

परिषद्ले क्याम्पसमा डिल्लीराज बस्नेतको संयोजकत्वमा इकाई समिति गठन गरेको छ । जसको सह-संयाेजक माेहन यादव, छात्र प्रमुख लक्ष्यिता तिमल्सिना, सचिव रमेश यादव, काेषाध्यक्ष प्रकृति कुमारि चौधरी रहनुभएकाे छ भने सदस्यहरुमा रिता बुढाथोकी,सन्ध्या वलि,उषा राेका,अनुशा चन्द,अन्जना बुढा, एलिना बुढा, हरिमाया पुन, प्रतिष्ठा पुनर गणेश वलि रहनुभएकाे छ ।

प्राज्ञिकले विभिन्न बिद्यालय तथा क्याम्पसमा पुगि बिद्यार्थीका हकहित, अधिकार र कर्तव्य सम्वन्धी कुरालाई प्राथमिकता दिदै कार्यसमिति गठन गर्दैअाएकाे छ । यसअघि विभिन्न क्याम्पसहरुमा पनि समिति गठन गरिसकेको छ ।

प्राज्ञिकले देशभरका विद्यार्थीहरुलाई संगठित गर्दै, अनुशासित र एकतावद्ध संगठित विद्यार्थी संगठनका रुपमा प्राज्ञिकले विशिष्ट परिचय बनाइसकेको परिषदका अधिकारीहरुको जानकारी दिनुभएकाे थियाे ।

Facebook Comments