• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा रबि लामिछानेको पक्षमा उर्लिए युवा




राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला आज दाङको घोराहीमा सम्पन्न भएको छ । पार्टी सभापति रवि लामिछानेको उपस्थितीमा घोराहीको होटल माला इनमा भेला सम्पन्न भएको हो ।No description available.

भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले यसअघि सत्तामा पुगेका नेताहरुले देश बनाउने भन्दा देश बिगार्ने काम गरेको आरोप लगाउनुभयो । वर्षौ पार्टीहरुले आफ्नो र आफन्तको भलो हुने काम मात्र गरेको र नागरिकको पीडा भने अहिले पनि ज्यूकात्यहि रहेको भनाई राख्नुभयो ।No description available.

आफ्नो पार्टीको कुनै सिद्धान्त, विचार नरहेको भन्दै ५–६ वर्षसम्म नागरिकका दुःख सुनेको र त्यहि दुःख नै आफ्नो सिद्धान्त विचार भएको बताउनुभयो ।

आफूले देखेको नागरिकको आँसु दुःख र त्यहि दुःखहरुको अन्त्य गर्ने काम आफ्नो पार्टीले गर्ने उहाँको भनाई थियो ।

यस्तै पार्टीका प्रवक्ता डा. मुकुट ढकालले दाङ देशकै दोस्रो राजधानी हुने स्थान भएपनि यस ठाउँलाई दाङका नेताहरुले ठगेको बताउनुभयो ।

यस्तै मेरो कल्पनाको देश विषयमा दाङका नरबहादुर डाँगी, पदम पुन, पार्वती नेपाली, शिलाकुमारी केसी, तेज विक्रम वली, सन्तोष परियार, अन्जु अधिकारीलगाएले बोल्नु भएको थियो ।

Facebook Comments