• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पार्टी जनतासँग जोडिनै पर्छ : महरा




शिवु खनाल
देउखुरी, २० साउन । प्रतिनिधिसभाका पूर्व सभामुख कृष्णवहादुर महराले राजनीतिक दल तल्लो तहका जनतासँग जोडिन आवश्यक रहेको बताउनुभएको छ ।No description available.

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सल्लाहकार द्रोपता पौडेलको श्रद्धाञ्जली कार्यक्रममा पूर्वसभामुख महराले दलहरु जनतासंग नजोडिदा जनगुनाशो बढी आउने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,– ‘जनतासंग नजोडिदा जनता र पार्टी विचको दुरी कम भएको भन्दै, अब जनभेटघाटको कार्यक्रमलाई निरन्तता दिदै जनमुखी काम गर्न आवश्यक छ ।’

नेकपा (माओवादी केन्द्र) का केन्द्रिय उपाध्यक्ष महराले माओवादीको केन्द्रिय सम्मेलनले जनतासंग जोडिने गरी कार्यक्रम ल्याएको जानकारी दिनुभयो । माओवादी पार्टीमा पनि आधार छोडेको जस्तो देखिएको स्विकार्दै, जनजीवीकाका सवालमा केन्द्रित भएर महाधिबेसनमा समिक्षा गरिएको जानकारी दिनुभयो । महराले भन्नुभयो ‘अहिले पार्टीमा समस्या कम भएको र महाधिबेशन पछी प्रगती पनि देखिन थालेको छ ।’

कार्यक्रममा लुम्बिनी प्रदेशकी साँसद दामा शर्मा लगायतको सहभागिता रहेको थियो । दाङको लमही नगरपालिका वडा नम्बर ५ निवासी स्वर्गिय द्रोपता पौडेल २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट लमही नगरपालिकामा नगर प्रमुखमा उम्मेदवार बनी पराजीत हुनुभएको थियो ।

Facebook Comments