• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्थानीय विकासमा कलेजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम




घोराही, १९ साउन । राप्ती इञ्जिनियरिङ कलेज घोराही १६ सानीअम्बापुर सर्रा दाङले कलेजको आसपासमा रहेको विभिन्न टोल विकास संस्थाका पदाधिकारी, जनप्रतिनिधि, स्थानीय शिक्षाविद् र बुद्धिजीवीहरुलाई एकै ठाँउ राखेर स्थानीय विकासमा राप्ती इञ्जिनियरिङ कलेजको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कलेजले बुधबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।May be an image of 7 people, people sitting and people standing

राप्ती इञ्जिनियरिङ कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं प्रवन्ध निर्देशक प्राज्ञिक व्यक्तित्व डा. भीमसेन गिरीको अध्यक्षता एवं घोराहीउप–महानगरपालिकावडा नं. १६ का वडा अध्यक्ष ताराबहादुर डिसीको प्रमुख आतिथियतामा कार्यक्रम भएको थियो ।May be an image of 4 people and people standing

कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका १६ का वडा अध्यक्ष ताराबहादुर डिसीले घोराही १६ का सबै टोल बासीका छोेराछोरीलाई कलेजमा अध्ययन गर्दा १० प्रतिशत छुट गरिदिएकोमा कलेज व्यवस्थापन समितिलाई धन्यवाद दिँदै उक्त छुट रकमको फाइदा लिई कलेजमा प्राविधिक शिक्षा अध्ययन गर्न सबै वडाबासीका छोराछोरीलाई विशेष निर्देशन दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएको अध्यक्ष डिसीले आर्थिक रुपमा विपन्न वर्गका छोराछोरीलाई प्राविधिक शिक्षा पढाउन वडाबाट पनि केहि विशेष योजना बनाएको बताउदै कलेज र वडा कार्यालयको बीचमा समन्वय गरी अगाडि बढिने बताउनु भयो ।May be an image of 7 people, people sitting and people standing

त्यस्तै कार्यक्रममा स्थानीय शिक्षाविद् तथा पद्मोदय पब्लिक उच्च नमूना मावि भरतपुर दाङका सहायक प्राचार्य लोकबहादुर बस्नेतले स्थानीयको परिचयसँगै कलेज जोडिएको बताउदै प्रदेशकै नमुुना प्राविधिक शिक्षा आर्जन गर्ने संस्था हाम्रो ठाउँमा जन्माइ दिएकोमा कलेजलाई धन्यवाद दिँदै राप्ती इञ्जिनियरिङ कलेजको विकासमा स्थानीयको भूूमिका विषयमा छलफल केन्द्रित हुनुपर्ने बताउनुभयो ।May be an image of 4 people, people sitting and people standing

त्यसैगरी स्थानीय बुद्धिजीवी तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन पोख्रेलले करिब ६ सय प्राविधिक जनशक्ति उत्पादन गर्न सफल भएकोमा कलेजको प्रशंशा गर्नुभयो । उहाँले यस्ता पुर्वाधार राज्यले बनाउनुपर्ने हो तर राज्यको दायित्व राप्ती इञ्जिनियरिङ कलेजले पूरा गरी दक्ष र प्राविधिक जनशक्ति उत्पादन गरेको भन्दै कलेजले नयाँ-नयाँ कार्यक्रमको सम्बन्धन प्राप्त गरी संचालनको लागि शुुभकामना दिनुुभएको थियो ।May be an image of 5 people, people standing and outdoors

कार्यक्रममा मानव अधिकारकर्मी तथा स्थानीय बुद्धिजिवी विनोद केसीले विकास भनेको भौतिक विकास मात्र नभएर हामी कति शिक्षित छौ, संस्कार कस्तो छ, समाजमा व्यवहार कस्तो छ भन्ने हो भन्दै स्थानीय वडा सरकार र राप्ती इञ्जिनियरिङ कलेजको सहकार्यमा जनचेतनामुलक अभियान चलाउनपर्ने बताउनुभयो ।May be an image of 7 people, people sitting, people standing and outdoors

मुक्तकमैया टोल विकास संस्थाकी अध्यक्ष सविता चौधरी यस क्षेत्रको विकासमा कलेजका महत्वपूूर्ण भूूमिका रहेको बताउदै मुक्त कमैयाका छोराछोरीलाई प्राविधिक शिक्षा पढाउन सरोकारवालाले विशेष व्यवस्था मिलाउनपर्ने बताउनुभयो ।

मुनाटोल विकास संस्थाका अध्यक्ष हुुर्मत घर्तीले यहाँको जग्गाको मुल्य कलेजको कारणले आकासिएकोे बताउनुभयो ।

सानीअम्बापूूर टोल विकाश संस्थाका अध्यक्ष यमकान्त भुषालले अहिले कलेजका कारण हाम्रो घरका कुनै कोठाखाली छैनन् र सबैको आयस्रोत पनि बढेकोले हामी सबैको आफ्ना छोराछोरीलाई यसै कलेजमा प्राविधिक शिक्षा पढाउनपर्ने बताउनुभयो ।

अर्को वक्ता इञ्जिनियरिङ टोल विकास संस्थाका अध्यक्ष खिमबहादुर नाथले कलेजका कारण यो क्षेत्र राजधानी भएको र यहाँ वरिपरिका सबै बाटा पिच भएको बताउनुभयो । उहाँले कलेज स्थापना पश्चात प्रत्येक घर भाडामा गएका छन् र धेरै घरमा बस्ने ३ जनाले यसै कलेजमा अध्ययन गरी सरकारी सेवामा जागिर खाएको जिकिर गर्नुभयो । हामीले विद्यार्थीलाई यस कलेजमा पढ्न ल्याउनको लागि पहल गरौं कलेजको साथै स्थानीयको पनि विकास हुने बताउनु भयो ।May be an image of 5 people, people sitting and people standing
राप्ती इञ्जिनियरिङ कलेजका प्रिन्सिपल रेशम गिरीले स्थानीय विकासमा कलेजको भुमिका विषय कार्यक्रमको औचित्यको विषय प्रवेश गराउदै उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।May be an image of 5 people and people standing
कलेजका निर्देशक मधुसुदन वैद्यले कलेजलाई जोडेर स्थानीयले उत्पादन बढाउदै अविभावकको भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

May be an image of 4 people and people standing
अन्र्तक्रिया कार्यक्रमको अध्यक्षता ग्रहणगर्नु भएका कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा प्रवन्ध निर्देशक डा. भीमसेन गिरीले प्राप्त सबै सुझावलाई आत्मसाथ गर्दै कलेज अगाडि बढेको र स्थानीयको सुझावले कलेज सञ्चालनमा उर्जा मिलेको बताउनुभएको थियो । उहाँले स्थानीय विकासको लागि सबैको सकारात्मक सोचको विकास हुनुुपर्छ र सकारात्मक सोचले नै समाज विकास गर्न सकिने जिकिर गर्नुभयो ।May be an image of 11 people, people standing and outdoors

कलेजले गुणात्मक शिक्षामा जोडदिएको तथा कलेजबाट उत्पीडित विद्यार्थीहरु सरकारी उच्च ओदहामा रहेको हुँदा प्राविधिक ज्ञान र सीपबिना परिवर्तन, रोजगारी र आत्मानिर्भर बन्न सम्भव नभएको अध्यक्ष गिरीको भनाइ थियो ।May be an image of 2 people, people sitting, people standing and indoor

प्रविधि र अनुसन्धानमा आधारित अन्र्तक्रिया कार्यक्रममाको सहजीकरण कलेजका विसिए विभागीय प्रमुख विश्वबन्धु थापाले गर्नु भएको थियो ।

Facebook Comments