• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्नेका तीन माविलाई संगीत सामग्री हस्तान्तरण




मदन विसी/ रुकुमकोट

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले तीन सामुदायिक विद्यालयलाई संगीतका सामग्री वितरण गरेको छ ।No description available.

लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २ वडाका ३ माविलाई संगीतका सामग्री प्रदान गरिएको हो ।

५ नम्बर वडाको कोट मावि रुमालबारा, रुक्मिणी मावि रुकुमकोट र त्रिभुवन जनता मावि छिप्रिदहलाई संगीत सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक दुर्गा गौतमले जानकारी दिनु भएको छ ।

गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले र संयोजक गौतमले संगीतका सामग्री विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । हरेक विद्यालयलाई एक वटा हार्मोनियम, १ वटा गितार, १ वटा बाँसुरी, १ वटा बेन्जो र १ वटा मादल वितरण गरिएको संयोजक गौतमले बताउनुभयो । विद्यार्थीको सांगीतिक प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले संगीत सामग्री वितरण गरिएको गौतमको भनाइ छ ।

विद्यालतमा छुट्टै संगीत कक्ष स्थापना गरि विद्यार्थीलाई संगीत सिकाउन संयोजक गौतमले शिक्षकहरुलाइ आग्रह गर्नु भएको छ ।

Facebook Comments