सहिद मार्ग अन्तर्गत पर्ने घोराही–होलेरी सडक खण्ड बजोक अवस्थामा रहेको छ । घोराही–होलेरी सडक खण्ड कालोपत्रे भएतापनि कच्ची सरह बनेको छ । उक्त सडक बीच भाग नै खल्डाखुल्डी, चिराचिरा र झिया झिया बनेको छ ।
कालोपत्रे उप्किएसँगै उक्त सडक खण्ड अत्यन्तै जीर्ण बन्दै गइरहेको छ । .वर्षाद् शुरु भएसँगै सडकको बीच भाग नै सिचाइका नाला र पोखरीको रुपमा परिणत भएको छ ।
सडक दिनानुदिन जीर्ण बन्दै गइरहँदा यात्रुहरुले कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।
(फोटो फिचर)
फोटो ः जंगबहादुर रेउले
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।