• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्नेका नौ विद्यालयलाई खाजा व्यवस्थापन सामग्री




मदन वि.सी/रुकुमकोट
सिस्ने गाउँपालिका रुकुम पूर्वले विद्यालयलाई दिवा खाजाका लागि व्यवस्थापन सामग्री वितरण गरेको छ ।

३, ७ र ८ नम्बर वडाका ९ विद्यालयलाई खाजा व्यवस्थापन सामग्री वितरण गरिएको शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख मंगल सिंह बुढाले जानकारी दिनुभएको छ ।

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमबाट शिक्षा यूवा तथा खेलकुद शाखाले उक्त सामग्री वितरण गरेको हो ।

संघीय सरकारले खाजाको लागि मात्र बजेट विनियोजन गर्दै आइरहेको छ । प्रति विद्यार्थी १५ रुपैयाका दरले खाजाका लागि संघ सरकारले पैसा पठाउने गरेको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो ।

संघले खाजाको पैसा मात्र पठाउने गरेको छ अध्यक्ष रेग्मीले भन्नुभयो त्यसले विद्यालयलाई व्यवस्थापन सामग्री जुटाउन अप्ठ्यारो हुदैँ आएको थियो ।

रेग्मीले थप्नुभयो दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउन मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमबाट व्यवस्थापनका सामग्री हस्तान्तरण गरेका छौ ।

गाउँपालिका भित्रका मा.वि र आधारभूत गरि ९ विद्यालयलाई व्यवस्थापन सामग्री वितरण गरिएको उपाध्यक्ष गोपाल रेउलेले बताउनुभएको छ । व्यवस्थापन सामग्री अन्तरर्गत भट्टि चुलो, सिलिन्डर, डाडु, पनियो, करै र डेक्ची, वितरण गरिएको गाउँपालिकाका प्राविधिक सहायक नरेन्द्र ओलीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार सौजन्य आधारभूत विद्यालय पाङगा, आधारभूत विद्यालय भुरुङगा, आधारुभूत विद्यालय स्यालापाखा र आधारभूत विद्यालय नाथिगारलाई सामग्री वितरण गरिएको छ ।

यस्तै आधारभूत विद्यालय झिम्खोला, आधारभूत विद्यालय सान्चौर, जनसहयोग आधारभूत विद्यालय चिसापानी, जनता मा.वि पोखरा र मा.वि लम्पाकोटलाई पनि व्यवस्थापन सामग्री वितरण गरिएको छ ।

पालिका अध्यक्ष रेग्मी र उपाध्यक्ष रेउलेले खाजाका लागि व्यवस्थापन सामग्री सम्बन्धित विद्यालयका शिक्षकलाई आज हस्तान्तरण गर्नुभएको हो ।

Facebook Comments