• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ब्लड क्यान्सर पीडित डाँगीलाई ४६ हजार बढी आर्थिक सहयोग




घोराही, १६ साउन । दाङको बंगलाचुली गाउँपालिका- ४ निबासी ब्लड क्यान्सर पीडित रोशन डाँर्गीलाई ४६ हजार २० रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । युवा व्यवसायी बिक्रम डाँगी र सिस्ने अनलाइनकर्मी हिमाल महराको संयुक्त पहलमा उठेको उक्त रकम पीडित डाँगीको बैंक खातामा आज सोमबार जम्मा गरिएको हो ।r

क्यान्सर पीडित डाँगीका लागि व्यवसायी डाँगी र अनलाइनकर्मी महराले संयुक्त रुपमा संचालन गरेको आर्थिक सहयोग अभियानमा टेकबहादुर थापाले रु २ हाजर, धनेश्वर भण्डारीले ३ हजार, धनबहादुर पुनले १ हजार, बिमल डाँगीले ६ हजार, मानबहादुर वलीले ५ हजार पाँच, पारश्वर डाँगीले ५ हजार पाँच, बिक्रम डाँगीले ५ हजार पाँच, दामोदर सुवेदीले ३ हजार, केदारनाथ पौडेलले २ हजार, प्रेम रावतले ५ हजार, शिवा भण्डारीले ५ सय रुपैयाँ सहयोग गरेका हुन् ।No description available.

डाँगी विगत ३ वर्षदेखि ब्लड क्यान्सरको पीडित रहेका छन् । हाल उनको उपचार विपी कोइराल मेमरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ ।

निजको आर्थिक अवस्था निकै कम्जोर रहेकाले उपचारमा समस्या भइरहेको हुँदा उपचारलाई थप सहज बनाउन र पीडित डाँगीलाई बचाउन आर्थिक सहयोग गरिदिनुहुन पनि पीडित परिवारले सम्पूर्णमा अनुरोध गरेको छन् ।

ब्लड क्यान्सर पीडित डाँगीलाई सहयोग गर्न चाहने जो कुनै व्यक्तिले बिक्रम डाँगीको मोबाइल नम्बर ९८६९५९६५३०, हिमाल महराको मोबाइल नम्बर ९८४७८६०५८० मा सम्पर्क गर्न सकिने तथा सिधै सहयोग गर्न चाहनेले सिटिजन बैंकमा रहेको रोशन डाँगीको नाममा रहेको खाता नं. ०६७०१०००००६२००४१ मा सहयोग गर्न सकिने पीडित परिवारले जानकारी दिएका छन् ।

Facebook Comments