• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बजेटको लोकप्रियता छोप्न अर्थमन्त्रीमाथि आरोप लगाइएको थियो, खारेज भयो: प्रचण्ड




नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेटको लोकप्रियताबाट तर्सेर अर्थमन्त्रीमाथि झुटो आरोप लगाइएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले यसपटकको बजेट खासगरी कृषि र उत्पादनमा क्रान्तिकारीरुपमा आएकोले त्यसलाई बिषयान्तर गर्न बजेट निर्माणको बखेडा निकालिएको बताउनुभयो ।

बजेटको सही कार्यान्वयन भयो भने आत्मनिर्भर अर्थतन्त्रको जग बस्ने र त्यसको जस माओवादीलाई जाने भएपछि बजेट निर्माणमा अनाधिकृत व्यक्ति पस्यो भनेर बखेडा निकालिएको उहाँको भनाइ थियो ।

यही बिषय लम्ब्याएर विवाद खडा गर्न थालेपछि संसदीय विशेष समिति बनाएर छानबिन गर्न आफूले नै आग्रह गरेको भन्दै उहाँले हो समितिले अर्थमन्त्रीलाई सफाइ दिएको बताउनुभयो ।

Facebook Comments