सहरी विकास मन्त्री मेटमणि चौधरीले काम समयमा नहुँदा जनता निरास भएको बताएका छन् । उनले अब जनतामा आसा जगाउने गरि काम गर्न कर्मचारी र ठेकेदार कम्पनीका प्रतिनिधिहरुलाई निर्देशन समेत दिएका छन् ।
झापाको भद्रपुरमा रहेको भद्रपुर अस्पतालको निरिक्षण सके लगत्तै सघन सहरी तथा भवन निर्माण आयोजनाको निरिक्षण गर्दै उनले काम समयमा नसकिदा जनतामा निरासा छाएको विचार व्यक्त गरेका छन् ।
मन्त्रालय अन्तर्गत निर्माणाधीन आयोजनाहरुमा ढिलाई भइरहेको जानकारी पाएपछि आफै फिल्डमा खटिएका मन्त्री चौधरीले निर्माण कार्यमा कत्ति पनि ढिलाइ हुन नहुने धारणा राखेका हुन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।