• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
एसईईमा गोर्खा मावि घोराहीका उत्सव जिल्ला उत्कृष्ट




माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दाङकाे घाेराहीस्थित गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलका छात्र उत्सव घिमिरे जिल्ला उत्कृष्ट  भएका छन्।

एसईई २०७८ मा सहभागी भएका विद्यार्थीमा छात्र घिमिरेले सबैभन्दा बढी जिपिए ३.९५ लिएर जिल्लामै उत्कृष्ट  भएका हुन् ।

लगनशील, परिश्रमी तथा मेहनति घिमेरे पढाइमा अब्बल विद्यार्थी हुन् ।

`उत्सव सानैदेखि पढाइमा अब्बल हुन् । पाठ्यक्रम तथा पाठ्यपुस्तकका विषयमा कक्षा काेठामा नै छर्लङ्ग हुने उनकाे स्वभाव छ । पढाइलाई जहिले पनि पहिलाे प्राथमिकतामा राख्ने र त्यसै बमोजिम काम गर्ने उनकाे स्वभाव साच्चिकै लाेभ लाग्दाे छ ।´ प्रिन्सिपल मानसिं घर्तीले बताए ।

 

`आज मैले प्राप्त गरेकाे सफलता मेराे मेहनत हाेला, त्याे आफ्नै ठाउँमा छ । तर, मलाई याे सफलता प्राप्त दिलाउन अहाेरात्र खट्ने मेरा गुरु तथा अभिभावक पनि त्यतिकै महत्त्व छ । मेरा गुरु, अभिभावकाे सहयाेगका कारण नै मैले आज याे सफलता प्राप्त गरेकाे छु, सबैप्रति म कृतज्ञ छु ।´ उत्सवले बताए ।  

विद्यालयका  अनुसार उत्सव नै दाङमा सबैभन्दा बढी जिपिए प्राप्त गर्ने विद्यार्थी रहेका छन् ।  विद्यालयले पनि उत्सवलाई जिल्ला उत्कृष्ट विद्यार्थीका रूपमा दावी गरेकाे छ ।  बिहीबार विद्यालयले एक कार्यक्रमका बिच उत्सवलाई सम्मान समेत गरेकाे छ ।

Facebook Comments