• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनपत्रकार संगठन दाङको तेस्रो बैठक सम्पन्न, यस्ता छन् निर्णयहरु ?




साउन १२,घोराही। जनपत्रकार संगठन नेपाल दाङको तेस्रो वैठक सम्पन्न भएको छ।
बिहिवार घोराहीमा सम्पन्न बैठकले आगामी भाद्र ११ र १२ गते काठमाडौंमा हुने संगठनको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनलाई भव्य बनाउने निर्णय गरेको छ।
चौथो राष्ट्रिय सम्मेलनलाई भव्यताका साथ सफल पार्न जिल्लाव्यापी सबैखाले अभियान संचालन गर्नको लागि जिल्लालाई चार कमाण्डमा बिभाजन गरि कार्यक्षेत्र निर्धारण गरिएको छ।

यस्तै बैठकले संगठनको जिल्ला कमिटीमा रहि निष्क्रिय रहेका,संगठनका कुनैपनी कार्यक्रम गतिविधिमा सहभागी नहुने केही जिल्ला सदस्यहरुलाइ जिल्ला कमिटीबाट हटाएको छ भने जिल्ला कमिटीमा थप ५ जनालाइ मनोनीत समेत गरेको छ।

यस्तै बैठकले राज्यका निकायलाई मिडियामैत्री बनाउन,समानुपातिक बिज्ञापन प्रणाली लागू गर्न र सुचनाको हकको कार्यान्वयन बारे छलफल अन्तर्कृया गर्ने निर्णय गरेको छ। साथै बैठकले केन्द्रिय आधिकारिक अनलाइन ‘जनपत्रीका’र संगठनको बिचारप्रधान राष्ट्रिय मासिक जनपत्रकार लाई जिल्लाव्यापी बनाउने र उक्त मिडियाको जिल्ला सम्वाददाता संगठनको जिल्ला अध्यक्ष रहने निर्णय गरेको छ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले जनपत्रकारहरुले आवाहविहिनहरुको आवाजलाइ बुलन्द गर्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि कलम चलाउनुपर्ने बताए।
उनले भने– ‘पत्रकारिता क्षेत्रपनी पक्षधरतामा छ। हामिले श्रमजीवी जनताका पक्षधरतामा कलम चलाउनुपर्छ।आवाजविहिनहरुको आवाजलाइ बुलन्द गर्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि कलम चलाउनुपर्छ।’

एक फरक प्रसंगमा बोल्दै नेता शितलले नेपाल कम्युनिस्ट पार्टी संसदीय व्यवस्थामा गएको भन्ने हल्ला सत्य नभएको स्पष्ट पारे। उनले भने– ‘हामी संसदवादका विरुद्ध निरन्तर बिद्रोहमा छौँ। दलाल पुजीवादी संसदीय व्यवस्थालाई खरानी नपारेसम्म हाम्रो लडाइ रोकिन्न। यसपटकको दलाल सत्ताको स्थानीय निर्वाचनलाई संघर्षको भिन्न मोर्चा बनाएर प्रयोग गरेका हौं,संसदवादी हुनका लागी गरिएको प्रयोग होइन।’

पार्टीबाट चोइटिएर गएका धर्मेन्द्र-सुदर्शनहरुले विप्लव संसदवादी भए भनेर जति होहल्ला गरेपनी जनताले नपत्याउने नेता शितलको जिकिर थियो। विप्लवलाई संसदवादीको आरोप लगाउने धर्मेन्द्र-सुदर्शनलाइ जनताले पत्याएनन,उनले अघि भने– ‘धर्मेन्द्र-सुदर्शन आफै घुमाइफिराइ संसदवादी बन्न खोजेका छन तर भ्रम हाम्रो पार्टीका विरुद्धमा गर्ने गर्छन। दलाल सत्तामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको एजेन्डा बोकेका उनिहरु नै

संसदवादी बन्न खोजेको प्रष्ट हुन्छ। हामी जनतालाइ कुनै सुधारवादी नारा दिएर झुक्याएका छैनौं,हामी स्पष्ट गर्न चाहान्छौ,दलाल पुजीवादका विरुद्ध अन्तिम सास रहुन्जेल लडिरहन्छौ।’

जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त प्रकाश वलीको अध्यक्षता,नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्य,युवा संगठन नेपाल दाङका संयोजक सुदर्शन र युवा संगठन नेपाल घोराही नगर अध्यक्ष पदम चन्दको बिशेष उपस्थितिमा बैठक सम्पन्न भएको थियो।

 

Facebook Comments