• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेप्से परिसूचक १५ अंकले बढ्यो




काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.४९ अंकले बढेको छ ।

कारोबार समयदेखि बढ्न थाले पनि अन्तिम समयमा घट्ने प्रयास गरेको नेप्से बन्द हुँदासम्म दोहोरो अंकले बढेको हो ।

यसक्रममा आज ४ अर्ब ९७ रुपैयाँ बराबरको कारोबार भएर १ करोड १९ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ ।

 

उत्पादनमूलक समूह २४ अंकले घट्दा अन्य समूह ३ अंकले र निर्जीवन बीमा समूह ०।५५ अंकले घटेको छ । यीबाहेक अन्य समूहमा भने सुधार आएको छ । विकास बैंक समूह ८५ अंकले बढ्दा होटल, लघुवित्त समूह ७० अंकले र टुरिजम समूह ६४ अंकले बढेको छ ।

यसैगरी, जलविद्युत समूह २९ अंकले बढेको छ भने जीवन बीमा समूह १५ अंकले बढेको छ । बजार बढेको दिन विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३ रुपैयाँ बढेर ३६७ रुपैयाँ पुगेको छ ।

 

Facebook Comments