• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पाको तिला बजारमा रहेको लघु उद्यमको अवलोकन




घोराही, १२ साउन । रोल्पाको रुन्टीगढी गाउँपालिका- ६ का वडा अध्यक्ष घनबहादुर घर्ती र ७ का वडा अध्यक्ष टेकलाल पुनले संयुक्त रुपमा त्रिवेणी रोल्पाली ढाका कपडा बुनाई लघु उद्यम समूहको अवलोकन गरेका छन् । उनीहरुले स्थानीयस्तरमा रहेका उद्यमहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले बुधबार त्रिवेण गाउँपालिका ७ तिला बजारमा रहेको सो उद्यमकोे संयुक्त अवलोकन गरेका हुन् ।No description available.

त्रिवेणी रोल्पाली ढाका कपडा बुनाई लघु उद्यम समूह लालसरी बुढाको अध्यक्षमा १४ जना महिला सदस्यहरुको समूहले लघु उद्यमबाट ढाकाका कपडा सम्बन्धी सल, साडी, कोट र कपडा धुने साबुन पनि उत्पाद गर्दै आएको रुन्टीगढी गाउँपालिका ७ का वडा अध्यक्ष टेकलाल पुनले बताए । उनले उक्त लघु उद्यमलाई स्थानीय निकायले खासै सहयोग नगरेको तथा उद्यममा सबै महिला उद्यमीहरुमा रहेको र विगत तीन वर्ष पहिलेदेखि नै ढाकाका कपडा उत्पादन गर्दै आइरहेको जानकारी दिए ।No description available.

वर्तमान समयमा स्थानीय तहहरु परनिर्भर नभएर आत्मनिर्भर बन्नका लागि उत्पादनमूलक लघु उद्यमहरु सञ्चालनमा ल्याउनुपर्ने र त्यसका लागि रुन्टीगढी गाउँपालिकामा पनि यस्तै खालका लघु उद्यमतिर प्रेरित गर्ने, भएका उद्यमहरुलाई निरन्तरता दिन प्रोत्साहनका कार्यक्रमहरु लागुगर्ने तथा आफ्नो वडामा यस्ता उद्यम सञ्चालनमा ल्याउने वडा अध्यक्ष पुनको भनाइ छ ।No description available.

Facebook Comments