घोराही, १२ साउन । रोल्पाको रुन्टीगढी गाउँपालिका- ६ का वडा अध्यक्ष घनबहादुर घर्ती र ७ का वडा अध्यक्ष टेकलाल पुनले संयुक्त रुपमा त्रिवेणी रोल्पाली ढाका कपडा बुनाई लघु उद्यम समूहको अवलोकन गरेका छन् । उनीहरुले स्थानीयस्तरमा रहेका उद्यमहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले बुधबार त्रिवेण गाउँपालिका ७ तिला बजारमा रहेको सो उद्यमकोे संयुक्त अवलोकन गरेका हुन् ।
त्रिवेणी रोल्पाली ढाका कपडा बुनाई लघु उद्यम समूह लालसरी बुढाको अध्यक्षमा १४ जना महिला सदस्यहरुको समूहले लघु उद्यमबाट ढाकाका कपडा सम्बन्धी सल, साडी, कोट र कपडा धुने साबुन पनि उत्पाद गर्दै आएको रुन्टीगढी गाउँपालिका ७ का वडा अध्यक्ष टेकलाल पुनले बताए । उनले उक्त लघु उद्यमलाई स्थानीय निकायले खासै सहयोग नगरेको तथा उद्यममा सबै महिला उद्यमीहरुमा रहेको र विगत तीन वर्ष पहिलेदेखि नै ढाकाका कपडा उत्पादन गर्दै आइरहेको जानकारी दिए ।
वर्तमान समयमा स्थानीय तहहरु परनिर्भर नभएर आत्मनिर्भर बन्नका लागि उत्पादनमूलक लघु उद्यमहरु सञ्चालनमा ल्याउनुपर्ने र त्यसका लागि रुन्टीगढी गाउँपालिकामा पनि यस्तै खालका लघु उद्यमतिर प्रेरित गर्ने, भएका उद्यमहरुलाई निरन्तरता दिन प्रोत्साहनका कार्यक्रमहरु लागुगर्ने तथा आफ्नो वडामा यस्ता उद्यम सञ्चालनमा ल्याउने वडा अध्यक्ष पुनको भनाइ छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।