• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिरामीलाई आर्थिक सहयोगसहित भिटामिन




मदन विसी /रुकुमकोट
सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बिरामीलाई आर्थिक सहयोगका साथै भिटामिन वितरण गर्नुभएको छ । तत्कालिन जनयुद्धका सञ्चार पोष्ट प्रमुख तथा माओबादी केन्द्रका पूर्णकालिन कार्यकर्ता खमबहादुर थापालाई अध्यक्ष रेग्मीले आर्थिक सहयोगका साथमा फलफूल वितरण गर्नुभएको हो ।No description available.

अध्यक्ष रेग्मीले केबेन्द्र गौतम र राजु रेग्मीद्धारा सञ्चालित विपदका लागि राहत कोषबाट प्रदान गरिएका दुईवटा चेबनप्रास, एक बतल हिमासेल र जुस वितरण गर्नु भएको छ । रेग्मीले थप भिटामिन किन्न विरामि थापालाई नगद दुई हजार पनि हस्तान्तरण गर्नुभएको छ ।No description available.

थापाको स्वास्थ्य अवस्था बुझन अध्यक्ष रेग्मी अस्पताल पुग्नु भएको थियो । सिस्ने ६ झिङरीमा बस्दै आएका ६५ वर्षिय थापा विगत चार दिन देखि रुकुम पूर्व अस्पताल रुकुमकोटमा उपचारत हुनुहुन्छ । भाइरल ज्वरोले थलिएका थापाको स्वास्थ्यमा सुधार हुँदै गइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन ।No description available.

विरामि भेटन अस्पताल पुग्नु भएका रेग्मीले मेडिकल सुपरिटेण्डेन्ट एवम् निमित्त कार्यालय प्रमुख डाक्टर अर्जुन बुढा मगरसंग सेवाप्रवाहका विषयमा सामान्य छलफल गर्नु भएको थियो । भएको स्रोत साधनको उच्च प्रयोग गरि विरामीलाई गुनासो रिहित सेवा दिन अध्यक्ष रेग्मीले अस्पतालका प्रमुख र चिकित्सकलाई आग्रह गर्नुभएको छ ।No description available.

आर्थिक सहयोग तथा भिटामिन वितरण कार्यक्रममा अध्यक्ष रेग्मीसहित युवाहरु, विकास विसी, प्रकाश कार्की, राजु रेग्मी, केबेन्द्र गौतम, रविन रेग्मी, जितेन्द्र बुढाथोकी र मदन विसीको उपस्थिति रहेको थियो ।

Facebook Comments