• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
फोहोर दिएबापत जनतालाई पैसा तिर्नेगरी काम थाल्दैछुः मन्त्री चौधरी




सहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोर दिए बापत जनतालाई पैसा तिर्नेगरि काम थाल्न लागेको बताएका छन् ।

मन्त्रालय सम्हालेको महिना दिन पुगेको अवसरमा बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले एक महिने उपलब्धि र आगामी योजना सार्वजनिक गरेका छन् ।

फोहर बापत जनताले मासिक पैसा तिर्नुपरेकोमा फोहर दिएबापत जनतालाई उल्टै पैसा दिनुपर्ने गरि काम थाल्न निर्देशन दिएको बताए । मलुक बनाउने जिम्मा हामी सबैको हो भन्दै मन्त्री चौधरीले बन्चरे डाँडामा फोहोर फाल्न दैनिक करिब २५० ट्रक कुद्ने, फोहोर फाल्न जाँदा बाटोमै खसाल्ने कुरा, सिसडोल र बन्चरे डाँडाका जनतालाई हेयका दृष्टिले हेर्ने कुरालाई अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

स्थानीयबासीसँग १७ वर्षमा १७४ पटक सम्झौता भएको तर अहिलेसम्म टुङ्गो नलागेकोले अब नयाँ ढंगले फोहोर व्यवस्थापन हुने उनले बताए । फोहोरबाट मल, ग्याँस र बिजुली निकाल्नेगरि काम सुरु गर्ने मन्त्री चौधरीको भनाई थियो ।

मन्त्रालयको समग्र प्रगति ७०.१४ रहेकोमा असाढ महिनामा मात्र २६.२८ प्रतिशत वित्तिय प्रगति हासिल भएको सहरी मन्त्री चौधरीको भनाई थियो । विद्यमान राष्ट्रिय सहरी नीति, २०६४ लाई परिमार्जनगरि राष्ट्रिय सहरी नीति २०७९ मन्त्रीपरिषदमा पेश भएको, जनकपुर उपमहानगरपालिकामा अस्तव्यस्त रहेको बसपार्कलाई व्यवस्थित गर्न २० करोडको लागतमा आधुनिक बसपार्कको शिलन्यास भएको, पोखरामा करिब १ अर्ब र तिलोत्तमा नगरपालिकामा करिब ७८ करोडको लागतमा सडक निर्माण कार्यको सम्झौता भएको, उर्लाबारीमा करिब ५१ करोड र बिर्तामोडमा करिब ७६ करोड लागतमा सडक निर्माण कार्यको लागि बोलपत्र आव्हान गरेको, सहरी विकासमा सुझाव संकलन गर्न स्कुले विद्यार्थी देखि इन्जिनियरिङ कलेजसम्मका विद्यार्थीसँग छलफल सम्पन्न गरेको, ठुला र विशेष आयोजनामा अनुगमन र समयमै काम सम्पन्न गर्न निर्देशन दिएको समेत मन्त्री चौधरीले बताए ।

Facebook Comments