• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अरनिको मावि रोल्पा र मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम क्वटर फाईनलमा




लक्ष्मण बस्नेत
दाङ, १२ साउन । दाङको तुलसीपुरमा जारी अन्तर कलेजस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०७९ मा अरनिको माबी नुवागाउँ रोल्पा र मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम क्वाटर फाईनलमा प्रवेश गरेको छन् ।

No description available.
राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङको आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा संचालित प्रतियोगिताको आज बुधवार सम्पन्न प्रीक्वाटर फाईनल खेलमा राप्ती बबई क्याम्पस तुलसिपुर लाई २५-१६,२५-२१ अर्थात २-० को सोझो सेटमा पराजित गर्दै अरनिको माबी नुवागाउ रोल्पाले क्वाटर फाईनल यात्रा तय गरेको हो ।

त्यस्तै दोस्रो प्रीक्वाटर फाईनल खेलमा आरती टेक्निकल कलेज सल्यान लाई २५-१५, २५-१५ अर्थात २-० को सोझो सेटमा पराजित गर्दै मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिमले क्वाटर फाईनल यात्रा सुरक्षीत गरेको हो । यसैबिच प्रतियोगिता अन्तरगत बिहिवार बिहान क्वाटर फाईनल प्रवेशका लागि हुन खेलमा शिदेश्वरी माबी रुपन्देही र महेन्द्र रत्न माबी पिपलनेटा सल्यान भिड्नेछन् । त्यस्तै दोस्रो प्रीक्वारमा न्यु होराईजन माबी रुपन्देही र गोरखा माबी तुलसिपुर ९रातो० बिच खेल भिड्न्त हुने आयोजक राप्ती किङ प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिनु भएको छ ।

नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा दाङ,बाके,रुपन्देही,रुकुम पश्चिम,सल्यान र रोल्पा जिल्लामा स्थापित कलेजका २० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार,१ सय ११ रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्ने प्रतियोगिता मुल आयोजक समितिका सदस्य सन्तोष राना ले जानकारी दिनु भएको छ । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडी लाई पुरस्कृत गरिनेछ । सर्बोउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर,सर्बर, स्पाइकर र लिब्रो लाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

Facebook Comments