• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्नेले पठायो दुर्गममा प्रशासन तथा लेखा सहायक




मदन वि.सी /रुकुमकोट
सिस्ने गाउँपालिकाले दुर्गमका दुई वडामा प्रशासन तथा लेखा सहायक पठाएको छ । सडक सञ्जालले नजोडेको १ र २ नम्बर वडामा काम गर्ने गरि प्रशासन तथा लेखा सहायक पठाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले जानकारी दिनुभएको छ ।No description available.
उहाँका अनुसार पदपूर्तिका लागि गाउँपालिकाले १५ दिने सूचना जारी गरेको थियो । त्यस अवधीमा १ नम्बर वडाबाट ५ र २ नम्बर वडाबाट ६ जनाले दरर्खास्त पेश गरेका थिए । दरर्खास्त दिएका सवैलाई लिखित परिक्षामा सहभागि गराइएको प्रशासकीय अधिकृत दाहालले बताउनुभयो । लिखित परिक्षामा १ नम्बर वडाका २ र २ नम्बर वडाका ३ जनाले नाम निकालेका थिए ।

लिखित पास गरेकालाई कम्प्युटर सिप परिक्षण र अन्तर्वाता लिइएको थियो । तिन चरणको परिक्षामा अब्बल अंक प्राप्त गरि १ नम्बर वडामा राजेश वि।सी र दुई नम्बर वडामा खड्क बहादुर के।सी प्रशासन तथा लेखा सहायकको रुपमा छनोट हुनु भएको छ ।

छनोट भएका वि.सी र के.सीलाई ६ महिनाको करार नियुक्ति दिई कामकागजका लागि सम्बन्धित वडामा पठाइएको छ । वडामा कर्मचारी पठाएसंगै सेवा प्रवाहमा सहजता आउने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले विश्वास गर्नुभएको छ ।

वडा सचिव नुहदाँ यि वडामा पञ्जिकरण लगायतका अन्य सेवा प्रवाह गर्न समस्या हुन्थ्यो अध्यक्ष रेग्मीले भन्नुभयो वडा सचिवको काम प्राविधिकको काधमा थियो । प्राविधिकको आफनो छुट्टै जिम्मेवारी छ । अव भन्ने केहि सहज पक्कै हने अपेक्षा हाम्रो छ । जनतालाई छिटोछरितो, भरपर्दो, गुणस्तरिय र गुनासो रहित सेवा दिन सिस्ने सरकार तत्पर रहेको अध्यक्ष रेग्मीको भनाई छ ।

यि दुई वडा लामो समय देखि सचिव विहिन रहेको उपाध्यक्ष गोपाल रेउलले बताउनुभयो । कर्मचारी सरुवा भएर आएपनि यि वडामा जान नमान्ने गइहाले पनि छ महिना वर्ष दिन भन्दा बढि नटिक्ने समस्या छ रेउलेले भन्नुभयो करारका कर्मचारी पठाइएका छौ वडा सचिव पनि पठाउने हाम्रो प्रयास छ ।

Facebook Comments