• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
टिकटक बनाउने क्रममा कुपिण्डे तालमा बेपत्ता भएका युवाको शव भेटियो




सल्यान, ११ साउन । सल्यानको कुपिण्डे तालमा टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएका युवककाे शव भेटिएकाे छ ।

मंगलबार मध्यान्ह साढे १२ बजे कुपिण्डे तालमा चिप्लिएर बेपत्ता भएका दाङ तुलसीपुर ६ का अन्दाजी ३६ वर्षका वेद बहादुर बस्नेतकाे बुधबार दिउँसाे शव भेटिएकाे हाे ।

तालमा खसेर बेपत्ता भएपछि उनकाे सुरक्षाकर्मीले खाेजिकार्य गरेका थिए । बस्नेत खसेकाे ठाउँदेखि १५ मिटर पश्चिमकाे भागमा धेरै तालकाे धेरै तल गहिराइमा शव भेटिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए ।

मंगलबार बिहान साथीसँगै उनी कुपिण्डे ताल घुम्न आएका उनि तालको छेउमा उभिएर टिकटक बनाउने क्रममा चिप्लिएर खसेका थिए ।

कुपिण्डे तालमा यसअघि पनि पाैडी खेल्ने क्रममा एकजनाकाे डुबेर ज्यान गएकाे थियाे ।

 

Facebook Comments