घोराही, ११ साउन । दाङको घोराही–१६ सानी अम्बापुर सर्रामा रहेको राप्ती इन्जिनियरिङ कलेको शैक्षिक बुलेटिन विमोचन समारोह सम्पन्न सम्पन्न भएको छ । मंगलबार घोराहीमा एक कार्यक्रमका बीच सो समारोह सम्पन्न भएको हो ।
विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि राप्ती साहित्य परिषद्का केन्द्रिय अध्यक्ष टिकाराम उदासीले समाजमा शिक्षाको माध्यमबाट कुनै पनि कार्य सहजै सम्पन्न गर्न सकिने भएकोले शिक्षालाई अवसरको रुपमा प्रथामिकता राख्नुपर्ने बताएका थिए ।
प्रमुख अतिथि उदासीले विद्यार्थी जीवनमा आफ्नो रुचिको आधारमा विभिन्न किसिमका सृजनात्मक कार्यमा कलम चलाउन आग्रह गर्नुभएको थियो । राप्ती इञ्जिनियरिङ कलेजले प्राविधिक शिक्षाको साथसाथै विद्यार्थीहरुलाई अनुसाशनलाई विशेष ख्याल गरी दैनिक कार्यहरुलाई सफलतामा परिणत गर्नु पर्ने बताएका थिए । शिक्षक एउटा बाटो देखाउने हो त्यसलाई सहि रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । माग पछिल्लो समयमा अत्यधिक बढिरहेकाले आफूमा भएको सिपको सहि प्रयोग गरी समाज र राष्ट्रको लागि स्मरणिय काम गर्न आग्रह गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै राप्ती इञ्जिनियरिङ कलेजका सञ्चालक समितिका अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले ‘हाम्रा प्राविधिक दक्ष जनशक्तिहरु विभिन्न सरकारी गैरसरकारी क्षेत्रमा कार्यरत रहेको बताउदै प्राविधिक शिक्षाको सपना अहिले आएर पुरा हुदै गरेको स्मरण गराउनुभएको थियो । साथै प्राविधिक शिक्षा आर्जन गरेका विद्यार्थीहरु रुपरेखा राप्ती इञ्जिनियरिङ कलेजको शैक्षिक बुलेटिनमा प्रष्ट रुपमा खुलाइएको कुरा बताउनुभएको थियो ।
त्यसैगरी विमोचन कार्यक्रमका अतिथि राप्ती इञ्जिनियरीङ कलेजका प्रवन्ध निर्देशक डा. भिमसेन गिरीले विद्यार्थी कलेजले गरेका हरेक किसिमका कार्यलाई व्यवस्थित तरिकाले विद्यार्थी तथा समुदायलाई जानकारी गराउने उद्देश्यले राप्ती इञ्जिनियरिङ कलेजको शैक्षिक बुलेटिन प्रकाशन गर्ने गरेको बताउनुभएको थियो । विद्यार्थीहरुको सिकाई निरन्तर रुपमा चल्ने भएकोले सिकाई क्रियाकलापलाई सहि तथा व्यवस्थित तरिकाले प्रयोग गरी रोजगारी सृजना गर्न आग्रह गर्नुभएको थियो ।
राप्ती इञ्जिनियरिङ कलेजका सञ्चालक समितिका अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीको अध्यक्षता एवं राप्ती साहित्य परिषद्का केन्द्रिय अध्यक्ष टिकाराम उदासीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
राप्ती इञ्जिनियरिङ कलेजका प्रशासकीय अधिकृत धनेश्वर चौधरीकोे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विसिए विभागका विभागिय प्रमुख विश्वबन्धुथापाले गर्नु भएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

