• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अब समाजवादका पक्षधर दलहरुको वैकल्पिक शक्ति बन्छः प्रभाकर




दिवाकर पोख्रेल
देउखुरी, १० साउन । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जनार्दन शर्मा (प्रभाकर)ले पार्टी पदाधिकारीमा कुनै विवाद नभएको बताउनु भएको छ ।
नेपका (माओवादी केन्द्र) लमही नगर कमिटिले आयोजना गरेको भेटघाट कार्यक्रममा स्थायी समिति सदस्यले महासचिवको विषयमा विवादका कारण पदाधिकारी टुङ्गो लाग्न नसकेको भन्नु निराधार भएको बतानुभयो । उहाँले भन्नुभयो, अझ अनन्त र मेरो नाम जोडेर विवाद छ भन्ने कसैलाई लाग्या छ भने त्यो पटक्कै होइन, त्यो दिमागबाट निकाली हाल्नुस् ।

माओवादी केन्द्रका प्रभावसाली नेता शर्माले पदाधिकारी टुङ्गो लगाउनको लागि आफु र बर्षमान पुन अनन्तले पार्टी अध्यक्ष प्रचण्डलाई आग्रह गरेको अध्यक्षले दिएको जिम्मेवारीमा आफुहरुको सहमति हुने कुरा बताएको जानकारी समेत दिनुभयो । कार्यकर्र्ताले राखेका जिज्ञासा हल गर्दै शर्माले समाजवादमा विश्वास गर्नेहरुको प्रगतीसिल दलहरुको एकता गरी बैकल्पिक शक्ति निर्माण हुने दावी समेत गर्नुभयो ।

समाजवादी केन्द्र निर्माण गर्ने विषयमा बाबुराम, माधव, बामदेव लगायत अन्य बामपन्थी शक्तिहरुको विचमा छलफल चलेको छ, टुङ्गोमा पुगेको छैन । यसमा पहल मैले पनि थालेको छु, शर्माले भन्नुभयो । निवर्तमान अर्थमन्त्री शर्माले माक्सवादलाई कलात्मक ढङ्गबाट लागु गर्नुनै अहिलेको आवश्यकता भएको बताउनुभयो । माक्सवादलाई कलात्मक ढङ्गबाट लागु गर्दै त्यसको लागि माओवादीले जितेका पालिका र वडामा काम गरेर देखाउन समेत उहाँको आग्रह थियो ।
अर्थमन्त्रालयको बजेट निर्माण र अर्थमन्त्रीको रुपमा राजीनामा र छानविनको विषयमा उहाँले छानविन चलरहेकोले यस विषयमा नवोल्ने र केहि दिनमा कुराहरु आउनु बताउनुभयो । नेपालबाट दुइबर्ष भित्र गरिवी हटाउने गरी बजेट निर्माण गरिएको र बजेटले सबै क्षेत्रलाई समेटेको भन्दै उहाँले आफुले ल्याएको बजेट बैज्ञानिक भएको दावी गर्नुभयो ।

Facebook Comments