• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सामाजिक सुधारका लागि राप्ती गाउँपालिकाको नौलो शुरुवात




गोविन्द खड्का

श्वास्थ्य शाखा प्रमुख नारायण रावत, पशु शाखा प्रमुख दामोदर आचार्यलगाएत राप्ती गाउँपालिकाका कर्मचारीहरुको खाजामा महि, तरकारी रोटि खानुभयो । कसैले झ्यालमा राखिएको घरी बाट केरा चुडाल्दै खाए । उनिहरुका अनुसार दैनिक यस्तै हो ।

त्यहाँका प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले बाँसका ताँवा किनर त्यहि क्यान्टीनमा राख्न दिनुभएको रहेछ । उहाँ संगै केहि महिला कर्मचारीले पनि लोकल बोरी, सिमि पनि किनेर क्यान्टीनमै राख्नुभएको रहेछ । साँझ कार्यालय समय सकिएपछि पालिकाको क्यनन्टीन सञ्चालकलाई मागेर आआफ्नो गन्तव्यतिर लाग्नुभयो ।

एक जनाले बाल्टीनमा चाका सहितको मह बेच्न ल्याएका थिए । तिनै व्यापारी संग केहि कर्मचारी गफिए । त्यो महको शुद्धताका बारेमा जिज्ञासा राख्थे । चाका नभएको ल्याईदिनु भनेर अर्डर गर्थे । कुर्सीमा बसेका अतिथिहरुलाई टे«यभरी चाँजेको गिलासमा मुई आयो । कसैले एक गिलास खाए कसैले दुई गिलास रित्तयाईदिए ।

महि, दहि, लसी लगाएत किसानले उत्पादन गरेका खानेकुरा प्रोत्सान गर्न गाउँपालिकाले आव्हान गरेको छ । सरकारी कार्यालय, विद्यालय लगाएतले यसको पालना गर्नुपर्ने छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार पालिकामा १५ हजार बढि विद्यार्थी अध्ययनरत छन् । सामुदायीक २९ र संस्थागत १५ विद्यालयहरु छन् । उनिहरुलाई अग्यानिक खाना खुवाएर स्वस्थ र फुर्तिलो बनाउने अभियान पालीको छ ।

‘वेलको जुश बनाउने विज्ञ बोलाईएको छ’ अध्यक्ष विष्टले भन्नुभयो, ‘पालिका भित्रका फलहरु बेलौती लगाएतको जुश बनाउने योजना छ ।’ उहाँका अनुसार उत्पादनमा नजोडिए सम्म जति कुरा गरेपनि हुँदैन । यहिका फुल पात प्रयोग गरौँ । प्लाष्टिकका माला, खादा बन्द गरौँ भनिएको छ । उहाँका अनुसार प्लाष्टिकको बोक्तलपनि कार्यालयमा छैनन् । पानी पिउनको लागि जग र शिसाका गिलास राखिएको छ ।

राजनीतिक दल, जनप्रतिनिधि र राष्टसेवक कर्मचारीहरुका लागि असल चरित्र निर्माण तथा सकारातमक सोच सम्वन्धि प्रशिक्षण दिन प्रेस काउन्सील नपालका पुर्व अध्यक्ष एवं धम्म पाराग घोराही १३ का संस्थापक नारायणप्रसाद शर्मा शुक्रवार पुग्नुभएको थियो ।

उहाँलाई स्वागत गर्न फुल र पात मिसाइएको माला थियो । निवर्तमान अध्यक्ष नुमानन्द सुवेदीले हातमा पुष्प गुच्छा राखिदिनुभयो । अध्यक्षको कार्यकक्षमा बसेदेखि नै अतिथिलाई शिसाका गिलासमा कर्मचारीले पानीदिए । लगतै अध्यक्ष विष्टको ट्रिङ ट्रिङ वेल बजेपछि भित्रिएका महिला कर्मचारीले तातो पानी ल्याईदिए । त्यसैमा एक एक प्याकेट ग्रिन टि हालेर खाने व्यवस्था मिलाईयो । कतै प्लाष्टिक थिएन ।

अग्र्यानिक खाने र नागरीकलाई स्वास्थय बनाउने पालिकाको लक्ष्य रहेको अध्यक्ष विष्टको भनाई छ । उहाँका अनुसार कम बजेट छुट्याएर नागरीकलाई धेरै स्वस्थ बनाउने तरिका खान पानमा सुधार गर्नु हो । कोल्ड डिक्सले दिर्घरोगी बनाएको निष्कर्ष छ । पत्रु खानाले पनि समस्या ल्याएको छ । स्थानिय उत्पादनले महत्व पाएको छैन त्यसैले कार्यपालिकाले निर्णय गरेको हो । कार्यान्वयनका लागि कडाई गरीएको छ ।

‘सूचना जारी गरेर सबैलाई सचेत बनायौँ’ अध्यक्ष विष्टले भन्नुभयो, ‘अनुगमन पनि गरी राख्याछौँ ।’ उहाँका अनुसार कुनै पनि विद्यालयको क्यान्टीनमा पत्रु खान भेटियो भने कार्वाहि हुन्छ । वडा कार्यालय लगाएत सरकारी कार्यालयमा देखिएपनि दण्ड जरिवाना गरीन्छ ।

‘अहिल्यै बाहिर बजारमा हस्तक्षेप गर्दैनौँ’ उहाँले थप्नुभयो, ‘जनप्रतिनिधि र कर्मचारीलाई पनी जंकफुड नखानुस भनेका छाँँै ।’ उहाँका अनुसार नियम लगाउने, अनुगमन गर्ने, कार्वाहि गर्ने आफैले खानेहो भने हुँदैन । त्यसैले स्व अनुगमन मुल्यांकन गरेर आफुले र घरमा त्यसता खानेकुरा नखाउँ । प्रतिनिधी र कर्मचारीले खाएको कसैले देख्यो भने उल्टो खिसि टिउरी गर्छ । आलोचना हुन्छ । नियम कार्यान्वयन गराउन मुश्किल पर्छ ।

गत असार ३० गते गाउँपालीकाले जंक फुड तथा प्लाष्टिक जन्य पदार्थ प्रयोग नगर्ने सम्बन्धी सूचना जारी गरेको छ । प्रमुख प्रशासकिय अधिकृत शोभाराज रिजालले जारी गरेको सूचनामा ‘पालिका क्षेत्र भित्र रहो सरकारी कार्यालय, स्वास्थ्य संस्था, विद्यालय बैक तथा वित्तिय संस्था लगाएत पालिका भित्र कायृक्रम सञ्चालन गर्दा रवर जन्य प्लाष्टिकका फूल खादा आदि तथा कोल्ड डिक्स जंक फुडको प्रयोग नगर्न नगराउन तथा उक्त वस्तुको सट्टामा स्थानइ उत्पादन प्रवद्र्धन गर्न दुग्धजन्य पदाथृ प्रयोग गर्ने प्रबन्ध गनुृहुन सम्वन्धित सबैमा अनुरोध छ ।’ लेखिएको छ ।

Facebook Comments