• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्व अस्पतालमा भाइरल ज्वरोका बिरामी बढे




मदन वि.सी/ रुकुमकोट
रुकुम पूर्व अस्पताल रुकुमकोटमा भाइरल ज्वरोका बिरामी बढेका छन् । मौसममा आएको परिवर्तनसंगै अस्पतालमा ज्वरो र रुघाखोकीका बिरामी आउने क्रम बढेको अस्पतालले जनाएको छ ।No description available.

मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डाक्टर अर्जुन बुढा मगरले बताउनुभयो ।

बिरामीमा रुघाखोकीे, ज्वरो आउने, टाउको दुख्ने, पखाला लाग्ने लगायतका लक्षण देखापर्ने गरेको उहाँले बताउनुभयो । भाइरल ज्वरोको उपचारका लागि दैनिक ३० देखि ३५ बिरामी अस्पतालमा आउने गरेको उहाँको भनाई छ ।

अस्पतालले दिएको जानकारी अनुसार अन्य नागरिकको तुलनामा भाइरल ज्वरो बच्चाबच्चिमा बढि देखिएको छ ।No description available.

सामान्य समयभन्दा बिरामीको संख्या हिजो आज बढको अस्पतालका फार्मेसी सहायक विश्व नाथले जानकारी दिनुभएको छ । भाइरल ज्वरो भएकाले अस्पतालमै भर्ना गर्नुपर्ने बिरामीको संख्या भने कम रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार सवैभन्दा बढि सिस्ने गाउँपालिका ४, ५, ६ र ७ नम्बर वडाका विरामि अस्पताल पुग्ने गरेका छन ।

पछिल्लो समय बढेको अत्यधिक गर्मी र समय–समयमा भइरहेको वर्षाका कारण वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको रुकुम पूर्व अस्पतालले जनाएको छ । अस्पतालका डक्टर पुर्ण पुनले भन्नुभयो मौसम परिवर्तनका कारण मानिसको शरीरमा हुने अत्यधिक गर्मी र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्दा वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको पाइएको छ ।

यस्तो अवस्थामा मानिसलाई नआत्तिन, झोलिलो पदार्थ बढी खान, उमालेर मात्र पानी पिउन, खानपिन र सरसफाइमा ध्यान दिन डा पुनले सबैलाई आग्रह गर्नुभएको छ । सामान्यतया भाइरल ज्वरो एक हप्ता सम्म रहने हुदाँ शंक्रमण भए नआत्तिन तर सावधानी अपनाउन चिकित्सकले बताएका छन ।

सावधानी अपनाउदा पनि गाह्रो भए जिल्ला अस्पताल वा नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाचँ गराउन अस्पतालले सवैमा आग्रह गरेको छ ।

Facebook Comments