• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लवसहित चार कम्युनिस्ट पार्टीद्वारा आन्दोलन घोषणा




विप्लव नेतृत्वको नेकपासहित चारवटा कम्युनिस्ट पार्टीहरुले राष्ट्रिय स्वाधीनताको रक्षा र जनजीविकाको सवालमा संघर्षका कार्यक्रम घोषणा गरेका छन् । आज मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरुले एसपीपी, महँगी र नागरिकता विधेयकका विरुद्ध आन्दोलनका घोषणा गरेका हुन् ।May be an image of 6 people, people sitting, people standing and indoor

 

पत्रकार सम्मेलनमा साउन १० गते पत्रकार सम्मेलन, साउन १३ गते देशव्यापी कोणसभा, साउन १५ गते देशव्यापी मसाल जुलुस, साउन १८ गते काठमाडौंमा अन्तरक्रिया, २१ गते प्रदेश सदरमुकाम र काठमाडौंमा विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

त्यसपछि पुनः बैठक बसेर दोस्रो चरणका कार्यक्रम घोषणा गरिने नेकपाका अध्यक्ष ऋषि कट्टेलले जानकारी दिए । आन्दोलन घोषणा गर्ने पार्टीहरूमा विप्लव नेतृत्व र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा समाजवादी समाजवादी रहेका छन् ।

Facebook Comments