• ३० श्रावण २०७९, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अखिल (क्रान्तिकारी) दाङको २५ औं जिल्ला सम्मेलनको संयोजकमा पौडेल




दाङ, १० साउन । अखिल (क्रान्तिकारी) दाङ जिल्लाको पाचौं पूर्ण बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ। संगठनको आयोजनामा सोमबार घोराहीमा सम्पन्न भएको उक्त बैठकले खुमन पौडेलको संयोजकत्वमा २९ जनाको २५औं जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको हो ।

बैठकले भाद्र १० गतेभित्र क्याम्पस,माबी इकाई पालिका सम्मेलन तथा बैठक बस्ने,जिल्ला स्तरीय प्रशिक्षण गर्ने,सामुदायिक बिद्यालय भित्र को भाषागत विभेद , शुल्क वृद्धि र अबैध संस्था विरुद्ध संघर्ष गर्ने,२०० भन्दा बढी वृक्षरोपण गर्ने,अन्तरक्रिया कार्यक्रम गर्ने लगाएतका निर्णय गरेको संगठनले जनाएको छ।

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदीपको प्रमुख आतिथ्य एवं संगठनका सचिवालय सदस्य एवम् लुम्बिनी प्रदेश इन्चार्ज बिज्ञान,संगठनका केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश छात्रा विभाग प्रमुख करिस्मा,नेकपा घोराही नगर इन्चार्ज निर्मल र युवा संगठन नेपाल घोराही नगर अध्यक्ष पदमको बिशेष उपस्तिथिमा बैठक सम्पन्न भएको हो।

बैठकको अध्यक्षता तथा संचालन संगठनका जिल्ला संयोजक खुमन पौडेलले गरेका थिए।

Facebook Comments