• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेशमै सिस्ने गाउँपालिकाको नयाँ अभ्यासः पूर्बाधार एम्बुलेन्स




मदन बिसी/रुकुमकोट
सिस्ने गाउँपालिका रुकुम पूर्वले पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले बर्खाको समयमा हुने विपत्तीको प्रतिकार गर्ने उदेश्यले पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । यसअघि बालेन्द्र साह मेयर निर्वाचित भएपछि काठमाडौंमा यो सेवा शुरु गरेको भए पनि लुम्बिनी प्रदेशमा स्थानीय तहले शुरु गरेको यो सेवा पहिलो हो ।

गएको साताबाट सुरु गरिएको पूर्वाधार एम्बुलेन्स सेवामार्फत कामकाज पनि सुरु भइसकेको गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । बर्षाताको समयमा आउने बिपत र विभिन्न समस्याहरुलाई मध्यनजर गर्दै गाउँपालिकाले पुर्वाधार एम्बुलेन्स सेवा संचालनमा ल्याईएको छ अध्यक्ष रेग्मीले भन्नुभयो विपद प्रभावित क्षेत्रका नागरिकले पुर्वाधार टोलिलाइ सम्झिन सक्नुहुनेछ । सार्वजनिक महत्त्वका स्थानलाई पहिलो र अन्यलाई दोस्रोमा राखेर विपद प्रतिकार्यमा लाग्न निर्देशन दिएको रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार उक्त सेवाको लागि ६ जनाको टोली परिचालन गरिएको छ । एक जना प्राविधिक सहित ट्याक्टर र जेसीबीका एक एक जना चालक र अन्य तीन जना श्रमिक विपद व्यवस्थापनका लागि खटाइएको छ ।
यो टोलिले विशेष गरि गाउँपालिकाभित्रका विभिन्न ठाउँमा जाने बाढि र पहिरोको अल्पकालीन व्यवस्थापनको काम गर्नेछ ।

यस्तै उद्धार, क्षतिको विवरण संकल र सडक पुगेको ठाउँमा यातायात अवरुद्ध भए सुचारु गर्ने काम पनि गर्ने भएको छ ।
साउन र भदौ दुई महिनाको लागि यो सेवा सुचारु गरिएको उपाध्यक्ष गोपाल रेउलेले बताउनु भएको छ ।

सिस्ने गाउँपालिका भित्रका ८ वडा मध्य ३, ४, ५, ६, ७ र ८ नम्बर वडा पहिरो उच्च जोखिममा रहेका छन । १ र २ नम्बर वडा भन्ने अन्य ६ वडाको तुलनामा कम जोखिममा छन । सडक संजाल नपुगेका कारण पनि यि वडामा पहिरोको जोखिम कम छ ।

Facebook Comments