घोराही, ८ साउन । दाङको घोराहीमा रहेको राप्ती इन्जिनियरिङ कलेजले व्याचुलर तर्फ विई सिभिल र विसिए सातौं व्याचमा भर्ना भएका विद्यार्थीहरुलाई बिदाइ गरेको छ । कलेजले शनिबार घोराही — १५ मा रहेको भिङग्रली भिलेजमा एक कार्यक्रमको आयोजना गरी उक्त विद्यार्थीहरुलाई विदाइ गरेको हो ।
बिदाइ कार्यक्रममा बोल्दै घोराही उप–महानगरपालिकाका योजना महाशाखा प्रमुख सिनियर डिभिजन इञ्जिनियर ई–युवराज पौडेलले मुलुकमा इञ्जिनियरिङ शिक्षाको क्षेत्रमा निजी क्षेत्रले अहम भुमिका रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पौडेलले प्राविधिक शिक्षाको माग पछिल्लो समयमा अत्यधिक बढिरहेकाले आफूमा भएको सीपको सहि प्रयोग गरी समाज र राष्ट्रको लागि स्मरणिय काम गर्न आग्रह गरे । ‘हामीलाइ बिक्ने शिक्षा चाहिएको छ, त्यो प्राविधिक शिक्षा हो उनले भने त्यस अर्थमा प्राविधिक शिक्षालाई अब गाउँ बस्तीसम्मै लैजान आवश्यक छ ।’
त्यस्तै राप्ती इञ्जिनियरिङ कलेजका सञ्चालक समितिका अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले हाम्रा उत्पादनहरु मुलुकभर फैलिइसकेको बताए । उनले लुम्विनी प्रदेशमा कम्तिमा पनि ९० प्रतिशत प्राविधिक जनशक्ति हाम्रै उत्पादनले थेगेको स्पष्ट पारे । कलेजबाट उत्पादित विद्यार्थीहरु विभिन्न सरकारी गैरसरकारी क्षेत्रमा कार्यरत रहेको बताउँदै उनले प्राविधिक शिक्षाको सपना अहिले आएर पुरा हुँदै गरेको स्मरण गरे ।
साथै अब शिक्षालाई सामाजिक रुपान्तरणको अभियानमा जोड्न आफुहरु लागेको र राप्ती इञ्जिनियरिङबाट प्राविधिक शिक्षा लिएका विद्यार्थीहरुले कलेज विश्वविद्यालय, समाज र राष्ट्र भावना अनुरुप काम गनुपर्नेमा जोड दिए ।
त्यसैगरी राप्ती इञ्जिनियरिङ कलेजका प्रवन्ध निर्देशक डा. भिमसेन गिरीले विद्यार्थीको सिकाई निरन्तर रुपमा चल्ने भएकोले सिकाई क्रियाकलापलाई सहि प्रयोग गरी रोजगारी सिर्जना गर्नमा प्रयोग गर्न आग्रह गरे ।
उक्त अवसरमा विई सिभिल र विसिए छैठौँ सेमेष्टरका विद्यार्थीहरुले नृत्य, कविता, मुक्तक, गजल प्रस्तुत गरेका थिए ।
राप्ती इञ्जिनियरिङ कलेजका सञ्चालक समितिका अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीको अध्यक्षता एवं घोराही उप–महानगरपालिकाका योजना महाशाखा प्रमुख सिनियर डिभिजन इञ्जिनियर ई–युवराज पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलेजका प्रवन्ध निर्देशक डा. भिमसेन गिरी लगायतको उपस्थिति रहेको थियो ।
एकेडेमिक कोर्डिनेटर एवं विई सिभिल विभागीय प्रमुख बावुराम जोशीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विसिए विभागका विभागिय प्रमुख विश्वबन्धु थापाले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।