• २४ श्रावण २०७९, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङको बंगलाचुलीमा लुम्बिनी प्रदेशस्तरको आधुनिक टिस्यु कल्चर स्थापना हुँदै




जीवन नेपाली / बंगलाचुली गाउँपालिकामा लुम्बिनी प्रदेश स्तरको आधुनिक प्रविधियुक्त( टिस्यु कल्चर) को स्थापना गरिने भएको छ । लुम्विनि प्रदेश सरकारले प्रदेशको मुख्य कृषि स्रोत तथा प्रशिक्षण केन्द्रको रुपमा विकास गर्नका लागि बंगलाचुली गाउँपालिकामा टिस्यु कल्चर स्थापन गर्ने भएको हो ।

प्रदेश सरकारले टिस्यु कल्चर स्थापनका गर्नका लागि बजेट समेत विनियोजन गरेको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर शुवासको विशेष पहलमा यस गाउँपालिकामा टिस्यु कल्चर स्थापना गर्न लागिएको हो ।

टिस्यु कल्चर स्थापनाका लागि आज बंगलाचुली गाउँपालिका वडा नम्वर ५ स्थित बंगलाचुली सामुदायिक वनको मालागेडी भन्ने स्थानको अवलोकन समेत गरिएको छ ।

सो ठाउँमा टिस्यु कल्चर स्थापना गर्नका लागि अवलोकन गरिएको हो । सो अवसरमा गाउँपालिका अध्यक्ष पुन,वंगलाचुली गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष लिला बहदुर घर्ती, बंगलाचुली गाउँपालिकाका संचार संयोजक जीवन नेपाली , नेपाली काग्रेस बंगलाची गाउँपालिका वडा नम्वर ५ का सभापती केशव घर्ती,स्थानिय युवा अगुवाहरु कुल बहादुर वली,गोपाल वली,शुसिल परियारको सहभागिता रहेको थियो ।

टिस्यु कल्चर प्रविधि जीव विज्ञानको क्षेत्रमा महत्त्वपूर्ण आविष्कारमध्येको एक हो । नेपालको माध्यमिक तहदेखि नै जीव विज्ञानमा यसबारे सैद्धान्तिक पढाइ हुन्छ । तर, उच्च महत्त्वका साथ प्रयोगशाला र फिल्डमै विद्यार्थीलाई उतारेर यसको व्यावहारिक ज्ञान दिने प्रचलन हाम्रो शिक्षामा छैन ।

टिस्यु कल्चर प्रविधि विदेशमा व्यापक प्रयोग गरिन्छ । किनकि, यसको मद्दतबाट स्वस्थ, रोग प्रतिरोधात्मक क्षमता भएका र उत्पादकत्व बढाउने खालका बीउ र बिरुवा उत्पादन हुने गर्छन् ।

बीसौँ शताब्दीको सुरुवातमै विकास भएको यो प्रविधिको प्रयोग गरेर भियतनाम, थाइल्याण्ड, युरोप, चीन, मलेसियाजस्ता मुलुकले पछिल्लो समय कृषि उत्पादनमा कायापलट गरेका छन् ।

नेपालमा फाट्टफुट्ट यो प्रविधिको प्रयोग गर्न थालिए पनि देशव्यापी रूपमा फैलिएको छैन । यो प्रविधिको प्रयोगमा बीउ र बिरुवा उत्पादन गर्ने प्रयोगशाला पनि ज्यादै कम छन् ।

* के हो टिस्यु कल्चर प्रविधि ?

टिस्युकल्चर प्रविधि एउटा स्वस्थ विरुवाको निकै सानो कोष (सेल) बाट हजारौं विरुवा निकाल्न सकिने अत्याधुनिक प्रविधि हो। कुनै पनि स्वस्थ विरुवाको डाँठबाट सानो कोष निकालेर हाइटेक ल्याबमा बायोटेक इञ्जिनियर (प्राविधिक) ले विरुवा उत्पादन गर्दछन्। एउटा कोषलाई हाइटेक ल्याबमा केमिकलहरूको प्रयोग गर्दै हुर्काउँदै साना साना कोषहरूमा विभाजन गरेर हजारौं विरुवा उत्पादन गर्न सकिन्छ।

विरुवाको कोषलाई हुर्काउन ल्याबमै ६ महिनासम्म लाग्दछ। वातावरण सुहाउँदो बायोटेक नर्सरीमा ल्याबबाट निकालेर झण्डै ३ महिनासम्म विरुवा हुर्काइन्छ। ३ महिनासम्म ल्याबमा हुर्किएको विरुवालाई जहाँको माटोको लागि तयार गरिएको त्यही ठाउँमा ग्रिन हाउस निर्माण गरेर राखिन्छ।

झण्डै ३ महिना ग्रिन हाउस नर्सरीमा हुर्किएपछि मात्र यो विरुला रोप्नका लागि तयार हुन्छ।गुणस्तरीय वनस्पतिको कोष, तन्तु वा कुनै एक भागलाई निकालेर नियन्त्रित प्रयोगशाला वा किटाणुरहित वातावरणमा ठूलो संख्यामा बिरुवा उमार्ने आधुनिक प्रविधि टिस्यु कल्चर हो । राम्रो फूल तथा फल दिने बिरुवाका अरु सन्तान उमार्न यो प्रविधि अपनाइन्छ ।

छोटो समयमा एउटा राम्रो बिरुवाबाट अरु हजारौं संख्यामा उस्तै बिरुवा उत्पादन गर्न यो प्रविधि उपयोगी छ । मुख्यतः बीउ उत्पादन नहुने बिरुवाजस्तैः आलु, केरा, अलैँची, स्ट्रबेरीजस्ता बिरुवाका लागि यो प्रविधि बढी उपयोगमा आउँछ । बीउ उत्पादन हुने बिरुवामा समेत यसको प्रयोग गरिन्छ ।

* ( टिस्यु कल्चर) कसरी गरिन्छ ?

सर्वप्रथम टिस्यु कल्चर गर्ने बिरुवाको कोष, तन्तु वा कुनै भागलाई जिवाणुरहित बनाइन्छ । आवश्यक पोषण र अन्य रसायनका साथ यसलाई कृत्रिम भाँडो ‘पेट्री डिस’ मा नियन्त्रित तापक्रम र प्रकाशमा राखिन्छ । र, यी कोषको संख्या वृद्धि गरिन्छ । यसमा राखिने हर्मोन जस्तैः अक्सिजन र साइटोकाइनिनले जरा र काण्डको विकास गर्न मद्दत गर्छन् ।

निश्चित समयपछि कन्टेनरमा बन्ने कोषको पिण्डलाई ‘क्यालस’ भनिन्छ । यो पिण्डलाई टुक्राएर अर्को नयाँ वातावरणमा बिरुवा उमार्नका लागि राखिन्छ र यी बिरुवालाई खेतमा लगेर रोपिन्छ ।

* ( टिस्यु कल्चर) को फाइदा के छन् ?

देशको कृषि उत्पादन बढाउने बहस चल्दै गर्दा स्वस्थ र उच्च गुणस्तरको बिरुवा उत्पादन गर्न टिस्यु कल्चर प्रविधि आधुनिक अस्त्र हो । तर, नेपालमा अझै पनि किसानको आँगनमा यसबारे पर्याप्त जानकारी पुगिसकेको छैन । परम्परागत कृषि प्रणाली, बिउ र बिरुवा उत्पादन गर्ने प्रक्रिया अहिलेसम्म कायम छ । यसले कृषि उत्पादन निर्वाहमुखीमा सीमित भएको अवस्थामा यो प्रविधिको उपयोग गरेर रोग निरोधक बिरुवा उमार्न सकिन्छ ।

Facebook Comments