• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेम दाङका विद्यार्थीलाई बिदाइ (फोटो फिचर)




घोराही, ७ साउन । दाङको घोराहीमा रहेको नेम दाङले एसईईपछि ब्रिज कोर्ष अध्ययन गरिरहेका विद्यार्थीहरुलाई बिदाइ गरेको छ । संस्थाले आज शनिबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी उक्त कोर्षमा अध्ययनरत विद्यार्थीहरुलाई बिदाइ गरेको हो ।No description available.

नेम दाङका अध्यक्ष दिपक दाहालले नेम दाङ एकेडेमी संस्था भएको भएको बताए । उनले संस्था स्थापना भएदेखि नै एकेडेमी मार्फत ब्रिज कोर्ष, क्यारियर काउन्सिल गर्ने, मेडिकल तथा इन्जिनियर तयारी कक्षा संचालन हुँदै आइरहेको जानकारी दिए ।No description available.

दाङमा यो भन्दा पहिले राम्रो इन्ट्रान्स तयारी कक्षाहरु नभएको हुँदा आफूहरुले विद्यार्थीको सहजताका लागि संस्थाको स्थापना गरी जिल्लामै उत्कृष्ट तयारी कक्षा प्रदान गरिरहेको अध्यक्ष दाहालले स्पष्ट पारे ।No description available.

संस्थाले एसईई र प्लस टुपछि के गर्ने भन्ने विषयमा विद्यार्थीहरुको अन्योललाई सहजीकरण गर्ने कामहरु गरिरहेकोले खाली समय आफूले के पढ्ने हो, त्यही विषयमा छात्रवृत्तिको लागि इन्ट्रान्सको तयारीमा लाग्नुपर्ने र अब चाडै प्री-मेडिकल तथा प्री- इन्जिनियरिङ तयारी कक्षा संचालन हुने उनको भनाइ छ ।

बिदाइ कार्यक्रममा बोल्दै विद्यार्थी छात्रा सजना पौडेलले नेम दाङमा अध्ययन गर्न पाउँदा आफू निकै खुशी भएको बताइन् । उनले यो ईन्स्टिच्युट अरुभन्दा फरक भएको र सिकाइमा बाह्य क्रियाकलापमा फोकस गरेको आफ्नो अनुभव सुनाइएकी थिइन् ।No description available.

त्यस्तै ब्रिज कोर्ष तयारी गरिरहेका छात्र असिम रिजालले दाङमा पहिलो पटक बृज कोर्षको तयारी कहाँ गर्ने भन्ने अन्योल नेम दाङले हटाइ दिएको अनुभव सुनाइदै यो छोटो समयमा आफूले धेरै सिक्नुपर्ने कुरा सिकेको बताए ।

कार्यक्रममा टीका र खादा लगाएर विद्यार्थीहरुलाई विदाइ गरिएको थियो । कार्यक्रमलाई थप प्रभाकारी बनाउन विद्यार्थीहरुले नृत्यहरु प्रस्तुत गरेका थिए ।No description available.

नेम दाङका अध्यक्ष दिपक दाहालको अध्यक्षता भएको कार्यक्रममा वनस्पति शास्त्रका उपप्रध्यापक तोयानाथ बेल्बासे तथा सिनियर शिक्षक ठम्मन बस्नेत लगायत नेम दाङका सबै शिक्षक, कर्मचारी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

 

भौतिक शास्त्रका शिक्षक किशोर डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण नेम दाङका शिक्षक बासुदेव खत्रीले गरेका थिए ।

(फोटो फिचर)No description available.

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

No description available.No description available.

Facebook Comments