• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कमलदहमा डुबेर विकको मृत्यु




मदन वि.सि/रुकुमकोट
रुकुम पूर्वमा कमलदहमा डुबेर एक जना पुरुषको मृत्यु भएको छ। सिस्ने गाउँपालिका ५ चोकबजारका ४५ वर्षिय गोपाल बिकको दहमा डुबेर मृत्यु भएको हो ।

शनिबार दिउँसो विक दहमा पौडी खेल्न पसेका थिए । दहमा कमल फुल टिप्ने क्रममा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरिक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो ।

विक दहमा डुबेको खबर पाए लगत्तै प्रहरी टोलि कमलदह पुगेको थियो । तत्काल उनको उद्धार गरि रुकुम पुर्ब अस्पताल लगिएको थियो । अस्पताल पुर्याए लगत्तै अस्पतालले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments