• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रेस सेन्टर घोराहीले नियमित बचत र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने




भ्यूमान पुन मगर
प्रेस सेन्टर नेपाल घोराही शाखाले नियमित प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

शाखा समितिको बैठकले सो निर्णय गरेको हो ।

पालिका शाखा अध्यक्ष सन्तोष डाँगीको अध्यक्षता एवं संगठनका दाङ जिल्ला इन्चार्ज प्रकाश चौधरीको प्रमुख, दाङ जिल्ला अध्यक्ष पाण्डव शर्मा र सचिव जनक नेपालीको विशिष्ट आतिथ्यतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले संगठनको केन्द्रीय समिति, प्रदेश समिती र जिल्ला समन्वय समितिका निर्णय र परिपत्र अनुरुप सांगठनिक काम गर्ने, जिल्ला समन्वय समितिसँग सहकार्य गरेर नियमित बचत गर्ने, हरेक महिनाको दोस्रो शनिवार बैठक गर्ने र बैठकमा अतिथिमार्फत नियमित राजनैतिक, पत्रकारिता र प्राविधिक विषयमा प्रशिक्षण संचालन गर्ने निर्णय गरिएको सचिव आभास बुढाथोकीले जानकारी दिनुभयो ।

बैठकले संगठनको बैंकमा खाता संचालन गर्ने, स्थानीय सरकारहरूसँग समन्वय गरेर पत्रकारिता सम्बन्धी क्षमता विकास तालिम संचालन गर्नेलगायतका निर्णय पनि गरेको छ । दाङका दश वटै पालिकामा प्रेस सेन्टरका शाखा समिति क्रियाशील छन् ।

Facebook Comments