• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ इन्टर कलेजस्तरीय पुरुष भलिबल प्रतियाेगिताको तयारी तीब्र




बिकाश भट्टराई
दाङ,६ साउन । दाङको तुलसिपुरमा दाङ इन्टर कलेजस्तरीय पुरुष भलिबल प्रतियाेगिता २०७९ हुने भएको छ ।
राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङकाे आयोजना तथा दाङ जिल्ला भलिबल संघको समन्वयमा प्रशिक्षण केन्द्रको आफ्नै खेल मैदानमा संचालन हुने प्रतियोगिता साउन १० गते देखि सुरु हुनेछ ।

नेपालको राष्ट्रिय खेल भलिबलको बिकास र प्रवर्द्धन संगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियाेगितामा दाङ लगाएत अन्य जिल्लामा स्थापित कलेजका १५ बढी टिमको सहभागिता रहने र बिभागिय टिम तथा एनभिए कप खेलिसकेका खेलाडि टिममा सहभागि हुन नपाउने आयोजक राप्ती किङ भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष कमल खत्रीले जानकारी दिनु भएको छ । तेस्तै आयोजक टोलिले प्रतियोगिताको लागि तयारी पनि तीब्र गतिमा अघि बढि रहेको बताएका छन ।

पाँच दिन सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद १ लाख १ हजार ११ रुपैयाँ, कप , मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ५० हजार १ सय ११ र २५ हजार,१ सय ११ रुपैयाँ,मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष खत्रीले बताउनुभयो ।

अध्यक्ष खत्रीका अनुसार प्रतियाेगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडी लाई पुरस्कृत गरिनेछ । जस अनुसार सर्बोउत्कृष्ट खेलाडी नगद ५ हजार, ट्रफी र प्रमाणपत्र, उत्कृष्ट सेटर,सर्बर, स्पाइकर र लिब्रो लाई जनही २ हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

यसैबीच प्रतियोगिता लाई कसरी भब्य एवं सभ्य बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो तयारी तिब्र पारेको आयोजक यतिबेला सबैको सहयोग र सहकार्यको अपेक्षा सहित टिम दर्ता,प्रचार प्रसार,आर्थिक ब्यबस्थापन लगाएतका पक्षमा लागि परेको छ ।

प्रतियोगिता संचालनको तालिका अनुसार
साउन ९ गते बेलुका ५ बजे सम्म टिम दर्ता गरिसक्नुपर्नेछ भने सहभागी टिमका लागि दर्ता शुल्क ७ हजार राखिएको आयोजकले जनाएकाे छ ।

Facebook Comments