• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मन्त्री चौधरीको निर्माण व्यवसायीलाई प्रश्न- के ठेकेदारको काम भनेको ढिलाइ गर्नु मात्र हो ?




सहरी विकास मन्त्री मेटमणि चौधरीले ठेकेदार कम्पनीलाई काम समयमै सकेर इतिहास बनाउन सुझाव दिएका छन् ।

वालुवाटार परिसरभित्र निर्माणाधिन प्रधानमन्त्री निवासको शुक्रबार बिहान निरिक्षण गर्दै उनले भने, ‘ठेकेदार भनेको सधँै काममा ढिलाइ गर्ने हो र ? काम समयमा सक्दा हुँदैन र ?’

ठेकेदार कम्पनीका प्रतिनिधितर्फ हेर्दै मन्त्री चौधरीले प्रश्न तस्र्याए पछि उपस्थित धेरैले टाउको हल्लाउँदै मन्त्रीको प्रश्नमा समर्थन जनाएका थिए । उनी यतिबेला सहरी विकास मन्त्रालय अन्तर्गत निर्माणाधिन ठुला भवनहरुको धमाधम अनुगमनमा निस्किएका छन् ।

आयोजना प्रमुखको कामबाट आफु सन्तुष्ट रहेको बताउँदै मन्त्री चौधरीले निर्माण कम्पनीतर्फ लक्षित गर्ने भने, ‘काम समयमै सक्नुस् । इतिहास बनाउँनुस् ।’

आधुनिक तथा सुविधासम्पन्न प्रधानमन्त्री आवास भवन ३३ करोड ८० लाखमा २ वर्षभित्र सम्पन्न गर्ने गरि कन्टेच प्रा.लि.सँग सम्झौता भएको थियो । कतिपय लक्जरियस सामान विदेशबाट ल्याउनु पर्ने तर सरकारको एलसीमा शत प्रतिशत मार्जिनको व्यवस्था र कोभिडका कारण समयमा सम्पन्न गर्न कठिनाइ भएकाले ठेकेदार कम्पनीका प्रतिनिधिले थप २ महिना समय माग गरेपछि मन्त्री असन्तुष्ट बनेका थिए ।

‘किन २ महिना चाहियो ? १५ दिनमै सक्नुस् न । थप्नै पर्ने भए कति दिन थप्नुपर्ने हो माइक्रो लेबलमा उल्लेख गरेर निवेदन सहित मकहाँ आउनुस् । छिटो भन्दा छिटो काम सक्नुस् ।’

मन्त्रीको भनाइलाई समर्थन गर्दै मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले प्रधानमन्त्री आवास निर्माणमै ढिलाई हुँदा राम्रो सन्देश नजाने भन्दै काममा ढिलाई गर्न नहुने धारणा राखेका थिए ।

‘झण्डै ६ रोपनी क्षेत्रफलमा फैलिएको प्रधानमन्त्री आवास भवनमा बेड रुम, मिनि क्याबिनेट, स्वदेशी तथा विदेशी आगन्तुक कक्ष, ब्याङ्केट हल, डक्टर कक्ष, प्रेस कन्फरेन्स हल गरि लगभग ३० वटा कोठा रहेका छन् । करिव ९५ प्रतिशत काम सम्पन्न भइसकेकाले अब छिट्टै नै निर्माण पुरा हुनेछ ।’

विशेष भवन निर्माण आयोजनाका आयोजना निर्देशक दिलिप शेखर श्रेष्ठले सुनाए ।

प्रधानमन्त्री आवास भवनको अनुगमन लगत्तै मन्त्री चौधरी सिंहदरबारभित्र बन्दै गरेको नेपाली सेनाको चण्डी गणको भवन अवलोकन गर्न पुगेका थिए । टुण्डी– विकोइ– रसुवा जेभीसँग कुल ७५ करोड मा २ वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको बताइएको छ । करिव ६०० जवान बस्ने व्यवस्थासहित दुई ठुला भवन बन्न लागेको छन् । परेड ग्राउण्ड, हेली प्याड, फुटबल, बास्केटबल ग्राउण्ड, स्ट्याण्ड बाइ जेनेरेटर सहित भुकम्प प्रतिरोधी, आगलागी नियन्त्रण प्रविधि सहितको अत्याधुनिक भवन बन्न लागेको जनाइएको छ ।

सहरी मन्त्री चौधरी मन्त्रालयका सचिव रमेश प्रसाद सिंह, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रामचन्द्र दंगाल, विशेष भवन निर्माण आयोजनाका आयोजना निर्देशक दिलिप शेखर श्रेष्ठ, सचिवालय प्रमुख भू–माण्डप केसी, प्रेस संयोजक सूर्य बिसी, गौरब महरा, नारायण शर्मा, सन्जित पौडेलसहित अनुगमनमा निस्किएका थिए ।

Facebook Comments